शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

सानिमा बैंकको नाफा ५२.१४ प्रतिशतले बढ्यो,अधिकांश सूचक सकारात्मक

images
सोमबार, कात्तिक १५ २०७८
images
images
सानिमा बैंकको नाफा ५२.१४ प्रतिशतले बढ्यो,अधिकांश सूचक सकारात्मक

सानिमा बैंकले तीन महिनामा ५६ करोड ७८ लाख रुपैयाँ नाफा गरेको छ।

images
images

काठमाडौं- सानिमा बैंकको पहिलो तीन महिनामा ५२ प्रतिशतले नाफा बढेको छ। बैंकले तीन महिनामा ५६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

images
images
images

गत आर्थिक वर्षको यसै अवधिमा ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ५२.१४ प्रतिशतले नाफा बढाएको हो। बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ छ।

images
images

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.८४ प्रतिशतले बढेर १ अर्ब १६ करोड ६ लाख रुपैयाँ पुगेको छ भने फि कमिशन आम्दानी पनि १९.५५ प्रतिशतले बढेको छ। त्यस्तै बैंकको सञ्चालन आम्दानीमा पनि ३१.१० प्रतिशतको वृद्धि भएको छ।

images
images
images

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ६४ पैसाबाट बढेर २३ रुपैयाँ ४६ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात २१.७३ गुणा छ। हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७८ करोड ७२ लाख रुपैयाँ छ।


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend