बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

बैशाखमा थपियो ३० अर्ब निक्षेप, ब्याजदर पनि घट्दै

images
सोमबार, जेठ १ २०८०
images
बैशाखमा थपियो ३० अर्ब निक्षेप, ब्याजदर पनि घट्दै
images
images

काठमाडौं- वित्तीय प्रणालीमा बैशाख महिनामा ३० अर्ब निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म निक्षेप ५४ खर्ब ७९ अर्ब पुगेको छ। गत चैत मसान्तसम्म निक्षेप ५४ खर्ब ४९ अर्ब रहेको थियो। चैतमा ४९ अर्ब थपिएकोमा बैशाखमा ३० अर्ब मात्रै थपिएको हो। 

images
images
images

बैशाख महिनामा ऋण लगानी १९ अर्बमात्रै भएको छ। चैत महिनामा १७ अर्ब ऋण परिचालन भएको थियो। बैशाख मसान्तसम्म ४८ खर्ब ४८ अर्ब ऋण प्रवाह पुगेको छ। चैत मसान्तसम्म ४८ खर्ब २९ अर्ब पुगेको थियो। यता सीडी रेसियोमा पनि व्यापक सुधार देखिएको छ। गत चैत मसान्तसम्म ८५.३५ प्रतिशत रहेको रेसियो बैशाख मसान्तसम्म ८५.०४ प्रतिशतमा झरेको छ।  साउनमा ८८ प्रतिशतसम्म पुगेको सीडी रेसियो अहिले घटेर ८५.०४ प्रतिशतमा आएको छ।

images
images

यसले बैंकहरूले झन्डै ३ खर्ब लगानी सक्ने अवस्थामा रहेका छन्। साउनमा ८८.५० प्रतिशत सम्म पुगेको थियो। भने धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा राख्न हम्मे हम्मे परेको थियो। यता अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ। 

images
images

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। तथ्यांकअनुसार भदौमा ५२ खर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो। चैत ४९ अर्ब निक्षेप थपिएकोमा बैशाखमा ३० अर्ब थपिएको हो। 

बैंक तथा वित्तीय संस्थाहरुले जेठमा पुरानै ब्याजदरलाई निरन्तरता दिएर सार्वजनिक गरेका छन्। जेठ १ गतेबाट लागु हुने ब्याजदरमा पुरानै दरलाई निरन्तरता दिएका हुन्। नेपाल बैंकर्स संघले पनि जेठ महिनामा बचतको ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको थियो। 

वाणिज्य बैंकहरुले साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत राखेका छन्। बचतको ब्याजदर ५.४ देखि ७ प्रतिशतसम्म कायम गरेका छन्। केही बैंकले बचतको सबै ब्याजदर ७ प्रतिशत पनि कायम गरेका छन्।

नेपाल बैंकर्स संघको अध्यक्ष सुनिल केसीले निक्षेपको ब्याजदर स्थिर भएपनि ऋणको ब्याजदर घटेको बताए। ‘अहिले ऋणीहरुलाई राहत हुँदै गएको छ, ब्याजदर आफै घट्दै जाने विषय हो,’ केसीले भने। संसार भर ब्याजदर बढेको समयमा नेपालमा फरक नहुने तर भिन्नता खोज्दा समस्या आएको समेत अध्यक्ष केसीले बताए। 

नेपाल राष्ट्र बैंकको नियमअनुसार वैशाख मसान्तका दिन बैंक तथा वित्तीय संस्थाहरुले जेठको ब्याजदर प्रकाशित गरेका हुन्। नेपाल राष्ट्र बैंकले बैंक दर १ प्रतिशत बिन्दुले घटाएर साढे ७ प्रतिशतमा झारेको छ। शुक्रबार जारी मौद्रिक समीक्षाले बैंक दर घटाउने घोषणा गरेको हो। यसले बैंकहरुलाई ब्याज कम गर्न संकेत गर्छ।

वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो। बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरुले ब्याजदर बढाएका थिए। गत माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झारिएको थियो। त्यसपछि वैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो।

निक्षेपको स्थिर भए पनि जेठमा वाणिज्य बैंकहरुले ऋणको ब्याजदर भने घटाएर सार्वजनिक गरेका छन्। राष्ट्र बैंकको गत साता जारी भएको निर्देशनसँगै ऋणको ब्याजदर जेठ १ देखि नै घटाएका छन्। बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने नियमसँगै जेठबाटै बैंकहरूले ऋणको ब्याजदर घटाएका हुन्।   

‘इजाजतप्राप्त 'क', 'ख', र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न गत साता परिपत्र गरेको थियो।

बैंकहरूले गत वैशाख १ गतेदेखि लागु हुनेगरी मुद्दतीको ब्याजदर ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झारेका थिए। निक्षेपको ब्याज घटे पनि ऋणको घट्नका लागि साउन १ कुर्नुपर्ने थियो। जेठ १ देखि १.५० प्रतिशतसम्म ऋणको ब्याजदर घटेको छ।


प्रकाशित : सोमबार, जेठ १ २०८००४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend