शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भरतपुर महानगरले २६ बिगाहमा अटोल्यान्ड बनाउँदै

मंगलबार, कात्तिक १६ २०७८
भरतपुर महानगरले २६ बिगाहमा अटोल्यान्ड बनाउँदै

अटोल्यान्ड निर्माण गर्न महानगरले वडा नम्बर ३ मा करिब २६ बिगाह जग्गा पहिचान भइसकेको छ।

काठमाडौं- भरतपुर महानगरपालिकाले छरिएर रहेका अटोमोबाइल व्यवसायीलाई एकत्रित गर्ने उद्देश्यले अटोल्यान्ड निर्माण गर्ने भएको छ। महानगर आफैले निर्माण गर्न लागेको अटोल्यान्डको विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार पारि वातावरणीय प्रभाव मूल्यांकनको चरणमा रहेको छ। 

उक्त परियोजना निर्माणका लागि कबिर २ करोड रुपैयाँ लागत अनु्मान गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण भण्डारीले जानकारी दिए। ‘महानगर क्षेत्रमा रहेका अटो व्यवासायीलाई एकितृत गर्ने र पार्किङको पर्याप्त व्यवस्थासहित अटोल्यान्ड निर्माण गर्न लागिएको हो,’ उनले बिजनेस न्युजसँग भने, ‘जग्गा बाहेक अटोल्यान्ड निर्माण गर्न २ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।’ 

अटोल्यान्ड निर्माण गर्न महानगरले वडा नम्बर ३ मा करिब २६ बिगाह जग्गा पहिचान भइसकेको छ। यो योजनाको डीपीआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्यांकनका लागि सूचना माग भइसकेको भरतपुर महानगरपालिकाका इन्जिनियर भरत आचार्यले बताए। 

‘महानगरपालिका भित्र छरिएर रहेका अटो व्यावसायीहरुलाई एकै ठाउँमा व्यवस्थित गर्न अटोल्यान्ड निर्माण गर्ने योजना अनुरुप काम भइरहेको छ,’ उनले भने, ‘निजी जग्गामा रहेका व्यवासयीहरुलाई सहज होस् र महानगर क्षेत्रमा पार्किङको समस्या समाधानमा सहयोग पुगोस् भनेर अटोल्यान्ड बनाउन लागिएको हो।’ 

अटो ल्यान्डमा सबै प्रकारका सवारीसाधन मर्मत सम्भार, पार्किङ तथा व्यवस्थापन क्षेत्र, प्रशासनिक भवन, पहुँच सडक, बडिबिउल्डिङ कारखाना, सोरुमलगायत रहने महानगरले जनाएको छ। 

महानगरले कात्तिक १० गते वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्रनिर्धारण सम्बन्धी सूचना जारी गरेको थियो। वातावरणीय प्रभाव मूल्यांकन सकिएपछि अटोल्यान्ड निर्माणको प्रक्रियामा जाने महानगरले जनाएको छ।


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend