शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वर्षाका कारण अवरुद्ध ५ सडक अझै खुलेनन्

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १४ २०७८
वर्षाका कारण अवरुद्ध ५ सडक अझै खुलेनन्

अवरुद्ध सडकमा बझाङमा खोड्पे- चैनपुर  सडकको जालिबगर र नारुगौणा रहेका छन्। धनगढी-सहजपुर-वुडर-स्याउले र सतबाँझ-थाकतोली-दार्चुला-तिङ्कर सडक दार्चुलाको धिमनको तीन किमी वर किम्तडीमा पनि सडक अवरुद्ध छ। 

काठमाडौं- कात्तिक पहिलो साता आएको वर्षाका कारण अवरुद्ध सडकमध्ये अझै पाँच सडक खुल्न सकेका छैनन्। गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण १२ सडक अवरुद्ध भएकामा सात खुलिसकेका छन्। 

पछिल्लो वर्षाले खुल्न बाँकी सडकमा मनाङको डुम्रे-बेँशीसहर-चामे सडक रहेको छ। सो सडक अहिले पनि निगालाघारी, खोत्रो र दानाक्यमा खुल्न सकेको छैन। यी सडक ३७, ४० र ४९ चेनेजमा रहेका छन्। अवरुद्ध सडकमा बझाङमा खोड्पे- चैनपुर  सडकको जालिबगर र नारुगौणा रहेका छन्। धनगढी-सहजपुर-वुडर-स्याउले र सतबाँझ-थाकतोली-दार्चुला-तिङ्कर सडक दार्चुलाको धिमनको तीन किमी वर किम्तडीमा पनि सडक अवरुद्ध छ। 

पछिल्ला वर्षाका कारण अवरुद्धमध्ये कतिपय सडक तत्कालका लागि खुलाइएको भए पनि पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेका छैनन्। आसिंक रुपमा मात्रै सञ्चालनमा रहेका सडकमा राप्ती राजमार्गको अरिङगलफेदी सडक, वर्दिवास-सिन्धुली-खुर्काेट-धुलिखेल सडकको कमेरे फाँट, सुर्खेत तल्लो डुङ्ग्रेश्वर-सातखम्बा-दुल्लु-पिपलकोट- खुलालु- मान्म र नाग्मा-जुम्ला सडकको विभिन्न खण्ड रहेका छन्। रासस


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८०८:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend