शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दुबईमा बिहे गर्न नेपालीले करोडौँ रकम लैजाँदासमेत राष्ट्र बैंकले आँखा चिम्लियाे : सांसद बजगाईं

बुधबार, वैशाख २७ २०८०
दुबईमा बिहे गर्न नेपालीले करोडौँ रकम लैजाँदासमेत राष्ट्र बैंकले आँखा चिम्लियाे : सांसद बजगाईं

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपालबाट विदेश भ्रमणमा जाँदा १५ सय अमेरिकन डलरभन्दा बढी बोक्न नपाइने तर दुबईमा करोडौँ रूपैयाँ लगेर बिहे भोज चल्दा राष्ट्र बैंकले आँखा चिम्लने काम गरेको आरोप लगाएका छन्। 

पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छादेखि व्यवसायी पवन गोल्यानले पनि छोराछोरीको बिहे दुबईमा गराएका थिए। जसका लागि सयौँ व्यापारीहरु दुबई गएका थिए। ‘अहिले दुबईमा कसरी बिहे भएको छ, कसरी पार्टी गरिएको छ, राष्ट्र बैंकले किन आँखा चिम्लेको हो,’ बजगाईंले भने।

अहिले अर्बौं रुपैयाँको खेलमा नयाँ स्टक लाइसेन्स दिन लागिएको विषयमा समेत उनले आपत्ति जनाएका छन्।

नेप्सेले काम गरिहेको र नेप्सेलाई सुधार गर्दै लैजानुपर्नेमा अर्बौंको खेलमा नयाँ स्टकको लाइसेन्स दिन लागिएको सांसद बजगाईंले बताए।

सांसद बजगाईंले भ्रष्ट्राचारीको कुनै पार्टी र रंग नहुने भन्दै भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको  काम सह्रानीय रहेकोसमेत बताए। 


प्रकाशित : बुधबार, वैशाख २७ २०८००८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend