शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विदेशी लगानीकर्तालाई प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १४ २०७८
विदेशी लगानीकर्तालाई प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलनमा भाग लिँदैछन्।

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन्।

बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताएका हुन्। 

गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताकोे विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई  त्यो सम्भव नरहेको उनको भनाइ थियो। उनले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद् हुनसक्ने सम्भावना औल्याउँदै गैरआवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रसंशासमेत गरे। 

कार्यक्रममा समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका कामकारबाहीबारे जानकारी गराउँदै प्रवासमा रहेका नेपालीका समस्या र चनौतीका सम्बन्धमा उनको ध्यानाकर्षण गराउएका थिए।  

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुगेका हुन्। रासस


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८०७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend