शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट दिइँदैन : प्रधानमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २३ २०८०
नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट दिइँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून्’ भन्ने मान्यतामा नै सरकार अगाडि बढिरहेको बताए।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने बताएका छन्। उनले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो। त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले भने, 'आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो।'

एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राखेको प्रधानमन्त्री दाहालले जानकारी दिए। उनले भने, 'हामी कसैको दबाबमा पर्दैनौँ। कानूनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन। हामी दृढताका साथ अघि बढ्छौँ।'

प्रधानमन्त्री दाहालले ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून्’ भन्ने मान्यतामा नै सरकार अगाडि बढिरहेको बताए। रासस


प्रकाशित : शनिबार, वैशाख २३ २०८०१०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend