शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

मेक्सिको र युगाण्डबाट भित्रियो साढे २८ हजार किलो एभोकाडो 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक २० २०७८
मेक्सिको र युगाण्डबाट भित्रियो साढे २८ हजार किलो एभोकाडो 

भन्सार विभागमा अनुसार नेपालले मेक्सिको र युगाण्डबाट २८ लाख ४ सय ३९ केजी एभोकाडो आयात गरेको छ।जसमा युगाण्डबाट २८ हजार २ सय १० केजी र मेक्सिकोबाट २ सय २० केजी  एभोकाडो नेपाल भित्रिएको छ।

काठमाडौं- नेपालले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ३ महिना साउनदेखि असोजसम्ममा मेक्सिको र युगाण्डबाट एभोकाडो आयात गरेको छ।

भन्सार विभागमा अनुसार नेपालले मेक्सिको र युगाण्डबाट २८ लाख ४ सय ३९ केजी एभोकाडो आयात गरेको छ। जसमा युगाण्डबाट २८ हजार २ सय १० केजी र मेक्सिकोबाट २ सय २० केजी  एभोकाडो नेपाल भित्रिएको छ।

विभागका अनुसार नेपालले ८५ लाख ४३ हजार रुपैयाँ एभोकाडो आयातमा खर्च खर्च गरेको छ। यसबाट विभागले ८ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

तर अहिले नेपालमा एभोकाडोको उत्पादन बढेको छ। शहरी क्षेत्रमा अहिले प्रायजसको घरमा एभोगाडो उत्पादन सुरु भएको छ। एभोगाडो नेपाली बजार मंहगो  फलफूल हो। बजार मूल्य प्रतिकिलो ३ सय रुपैयााँसम्म रहेको छ। 

 


प्रकाशित : शनिबार, कात्तिक २० २०७८०१:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend