शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २२ २०८०
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

चितवन- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताए।

'उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन। अहिलेको समस्या समाधान हुन्छ', उनले भने।

उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको उनले बताए। कानूनले समाधान गर्ने विषय कानूनबाट समाधान हुने बताउँदै उनले भने, 'उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले सोचेको छ।' सकारले उद्योगीको हितमा काम गर्ने उनले बताए।

आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उनले यो तरलता कोभिड-१९ संक्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताए। उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उनले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताए। यस्तै सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले कार्यक्रम ल्याउन लागेको उनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend