शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

३ महिनामा भित्रियो ५८ करोड रुपैयाँको भारतीय केरा

शनिबार, कात्तिक १३ २०७८
३ महिनामा भित्रियो ५८ करोड रुपैयाँको भारतीय केरा

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष साउनदेखि असोजसम्म नेपालले भारतबाट १ करोड ८७ लाख ९३ हजार ८ सय २१ केजी केरा आयात गरेको छ।

काठमाडौं- नेपालले चालू आर्थिक वर्षको पहिलो ३ महिनामै ५८ करोड रूपैयाँ बराबरको भारतीय केरा आयात गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष साउनदेखि असोजसम्म नेपालले भारतबाट १ करोड ८७ लाख ९३ हजार ८ सय २१ केजी केरा आयात गरेको छ।

नेपालले भारतबाट ५७ करोड ८४ लाख ९३ हजार रुपैयाँ बराबरको केरा आयात गरेको हो। केरा आयातबाट सरकारले ५ करोड २२ लाख ४० हजार रुपैयाँ भन्सार राजस्व समेत संकलन गरेको छ।

तर नेपाली केराले बजार नपाउँदा केरा खेती गर्दै आएका किसान भने चिन्तित छन्। नेपालमा उत्पादन भएको केराले बजार पाएको अवस्थामा आयात घट्ने व्यवसायीको भनाइ छ।

साथै नेपाली केराले बजार पाउनका लागि केरामा लगाउँदै आएको भन्सार शुल्क बढाउनु पर्ने व्यवसायीको भनाइ छ।


प्रकाशित : शनिबार, कात्तिक १३ २०७८०९:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend