शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वैकल्पिक ऊर्जाको विद्युतीय सवारी र्‍याली (तस्बिरसहित)

शनिबार, कात्तिक १३ २०७८
वैकल्पिक ऊर्जाको विद्युतीय सवारी र्‍याली (तस्बिरसहित)

केन्द्रले आफ्नो २५औं वार्षिक उत्सवको अवसरमा र्‍याली आयोजना गरेको हो। 

काठमाडौं- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)ले विद्युतीय सवारीको प्रवर्द्धन गर्ने उद्देश्यले विद्युतीय सवारी र्‍याली आयोजना गरेको छ। शनिबार केन्द्रले जावलाखेलदेखि भृकुटीमपण्डपसम्म नेपालमा उपलब्ध विद्युतीय सवारी हसभागी गराएर र्‍याली आयोजना गरेको हो।

केन्द्रले आफ्नो २५औं वार्षिक उत्सवको अवसरमा र्‍याली आयोजना गरेको हो। 

बिहान साढे ७ बजे र्‍यालीमा सहभागी हुनेहरुलाई जावलाखेलमा उपस्थित गराएर ८ बजेबाट र्‍याली गरेको थियो। र्‍यालीमा नेपालमा उपलब्ध सबै प्रकारका विद्युतीय सवारीलाई सहभागी हुने केन्द्रले आग्रह गरेको थियो। विद्युतीय कार, मोटरसाइकल तथा स्कुटर, साइकलको समेत र्‍यालीमा सहभागी थिए। 

electric vehicle (1).jpg

सरकारले विद्युतीय सवारीको प्रवर्द्धन गर्ने नीति लिएको छ। त्यही अनुरुप चालु आर्थिक वर्षको अध्यादेश बजेटबाट विद्युतीय कारमा लाग्दै आएको कर घटाइएको थियो। 

र्‍यालीमा ऊर्जा मन्त्री पम्फा भुसाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायको सहभागिता थियो। 

नेपाली बजारमा दुई दर्जनभन्दा बढी दुईपांग्रे विद्युतीय सवारी आयात भइरहेका छन्। त्यस्तै विश्वका चर्चित विद्युतीय कार टेस्लाका मोडल थ्री, मोडल एक्स, हुुन्डाई कोना, किया निरो, एमजी जेडएसइभी, महिन्द्रा इटूओ, इभेरिटो, टाटा नेक्सन इभीलगायत कार बिक्री हुँदै आएका छन्। यसैगरि पछिल्लो समय विभिन्न ब्रान्डका चिनियाँ विद्युतीय कार समेत नेपाली बजारमा उपलब्ध छन्। 

electric vehicle (3).jpg
electric vehicle (4).jpg
electric vehicle (5).jpg
electric vehicle (6).jpg

 


प्रकाशित : शनिबार, कात्तिक १३ २०७८०९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend