शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टोयोटाले सार्वजनिक गर्‍यो पहिलो विद्युतीय कार ‘बीजेड फोरएक्स’

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक १३ २०७८
टोयोटाले सार्वजनिक गर्‍यो पहिलो विद्युतीय कार ‘बीजेड फोरएक्स’

टोयोटाले सार्वजनिक गरेको पहिलो विद्युतीय कार एक पटक फुल चार्ज गर्दा ३ सय १० माइल (५ सय किलोमिटर) रेन्ज दिने छ।

काठमाडौं- उत्पादन संख्याका आधारमा विश्वको सबैभन्दा ठूलो कार उत्पादक टोयोटाले पहिलो विद्युतीय कार सार्वजनिक गरको छ। विद्यूतीय कार उत्पादनमा टोयोटाले आफूलाई अन्य कम्पनीको तुलनामा धेरै पछि प्रस्तुत गरेको हो। विश्वभर विद्युतीय कारको चर्चा र माग बढी रहेकाले टोयोटाले समेत विद्युतीय कार उत्पादनको औपचारिक सुरुवात गरेको हो। 

टोयोटाले चीनको सांघाइमा भएको सांघाइ मेटर सोमा विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरेको थियो। शुक्रबार टोयोटाले जापानमा पहिलो विद्युतीय कार बीजेड फोरएक्स सार्वजनिक गरेको हो। यो कारको बिक्री भने दुई मिहनापछि अर्थात २०२२ देखि हुनेछ। 

toyota ev1.jpg

टोयोटा बीजेड फोरएक्समा रहेको बीजेड भन्नाले ‘बियोन्ड जेरो’ हो, जुन कम्पनीको विद्युतीकरण नीति अन्तर्गतको नारा हो। यसैमा आधारिक रहेर टोयोटाले अब आउने विद्युतीय कार सुरुवाती मोडलको नाम बीएड फोरएक्स राखेको हो। 

टोयोटाले नयाँ र पहिलो विद्युतीय कारलाई आकर्षक डिजाइन र विशेषतायुक्त बनाएको छ। यो कारमा ७१.४ केडब्लूएच ब्याट्री प्याक उपलब्ध रहेको छ। टोयोटाले सार्वजनिक गरेको पहिलो विद्युतीय कार एक पटक फुल चार्ज गर्दा ३ सय १० माइल (५ सय किलोमिटर) रेन्ज दिने छ। ‘क्रुजिङ रेन्ज पर चार्ज’ (डब्लूएलटीसी) भर्सनमा सार्वजनिक भएको विद्यूतीय कारले फ्रन्ट ह्वील ड्राइभमा ५ सय किलोमिटर र अल ह्वील ड्राइभमा ४ सय ६० किलोमिटर रेन्ज पाइने कम्पनीले जनाएको छ। 

toyota ev battery.jpg

फ्रन्ट ह्वील ड्राइभ कारमा १ सय ५० किलोवाटको एउटा मोटर प्रयोग गरिएस्को छ भने अल ह्वील ड्राइभमा दुवै एक्सएलममा ८०–८० किलोवाटको मोटर प्रयोग गरिएको छ। डीसी फास्ट चार्जरबाट टोयोटाका कार ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने दाबी कम्पनीले गरेको इलेक्ट्रिक डक कोले लेखेको छ। 


प्रकाशित : शनिबार, कात्तिक १३ २०७८०७:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend