शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

किसानलाई ५ अर्ब राहत, सिधै बैंक खातामा पठाउँछौं- कृषिमन्त्री यादव 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
किसानलाई ५ अर्ब राहत, सिधै बैंक खातामा पठाउँछौं- कृषिमन्त्री यादव 

उनले  सरकारले दिएको सहुलियत अनुदानबाट पहुँचवाला किसान मात्रै पोसिने गरेको बताउँदै सम्बन्धित किसानलाई पनि अनुदान दिनको लागि अनुदान किसानकै बैंक खातामा जम्मा गरिनुपर्ने बताए। 

काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले किसानको समृद्धि बिना कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित ४१ औँ विश्व खाद्य दिवसको अवसरमा मन्त्री यादवले किसानको समृद्धि बिना कृषिमा आत्मनिर्भर बन्न नसकिने भन्दै सबैभन्दा पहिला किसानको समृद्धिमा जोड दिनुपर्ने बताए। 

उनले बेमौसमी वर्षाले किसानको बालीनालीमा पुर्याएको क्षतिलाई मध्यनजर गर्दै ५ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरेको बताउँदै किसानलाई समृद्ध बनाउन मन्त्रालय लागिरहेको बताए। 

उनले  सरकारले दिएको सहुलियत अनुदानबाट पहुँचवाला किसान मात्रै पोसिने गरेको बताउँदै सम्बन्धित किसानलाई पनि अनुदान दिनको लागि अनुदान किसानकै बैंक खातामा जम्मा गरिनुपर्ने बताए। 

'किसानहरूले एउटै महासंघ बनाएर, अघि बढ्नुपर्दछ, पार्टीगत किसानसंघ अन्त्य गर्नुपर्छ यो गर्न सकेमा मात्र हाम्रो हित हुन्छ । किसान बलियो, समृद्ध भयो भने समयमा मलखाद पुर्याउँछौँ, किसानकै परिश्रम, मिहिनेतले नै देशलाई विकास गर्न सक्छौँ, देश हाँक्न किसान आत्मनिर्भर हुनुपर्छ, किसान पेशा छोडेर विदेश जाने परम्पराले देश अघि बढ्न सक्दैन, कृषिलाई बलियो बनाउन यथेष्ट बजेटको व्यवस्था हुनुपर्छ' उनले भने। 

कृषिमन्त्री यादवले सरकारले किसानका लागि घोषणा गरेको राहत प्याकेज पारदर्शी बनाउन त्यसका लागि कार्यविधि बनाइएको पनि बताए। 

 


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend