शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बोसले माइक्रो चिप उत्पादनमा ४६ करोड डलर लगानी गर्दै, चिप अभावकाे समाधान कहिले

शनिबार, कात्तिक १३ २०७८
बोसले माइक्रो चिप उत्पादनमा ४६ करोड डलर लगानी गर्दै, चिप अभावकाे समाधान कहिले

२०२२ को अन्त्यसम्ममा चिप अभाव हट्ने अनुमान गरिएकाे छ। विभिन्न कम्पनीहरुले गरेकाे अर्बौं लगानीका कारण उत्पादन बढेमा अभाव कम हुनेछ। 

काठमाडौं- विश्वभर कार कार उत्पादनका लागि आवश्यक पर्ने माइक्रो चिप अभाव जारी छ। जसका कारण उपभोक्ताले चाहे अनुसार कार पाउन सकेका छैनन् भने कार उत्पादक मुलुकको अर्थतन्त्रमै प्रभाव देखिन थालेको छ। आगामी दिनमा चिप अभाव नहोस भनेर जर्मन प्रविधि कम्पनीले लगानी गर्ने भएको छ। 

जर्मन प्रविधि समूह रोबर्ट बोसले माइक्रो चिप उत्पादनका लागि ४६ करोड ५० लाख अमेरिकी डलर (४ सय मिलियन युरो) लगानी गर्ने घोषणा गरेको हो। कम्पनीले उक्त लगानी जर्मनी र मलेसियामा गर्ने जनाएको छ। थपिएको लगानमार्फत अर्को वर्षदेखि चिप उत्पादन हुनेछ। 

हाल चिप अभावका कारण कार उत्पादकहरुले क्षमता अनुसार कार उत्पादन नर्ग नपाउँदा विश्वभर अभाव रहेको छ। अघिल्लो महिनाको तुलनामा चिपको सप्लाइ केही बढेपछि अझै पर्याप्त सप्लाइ हुन सकेको छैन। 

चिप अभावले उत्पादकहरुलाई नयाँ लगानी थप्न प्ररित गरिरहेको छ। बोससँगै इन्टेलले चिप उत्पादनमा आगामी एक दशकमा ८० अर्ब युरो लगानी गर्ने घोषणा अघिल्लो महिना गरेको थियो। इन्टेल विश्वकै ठूलो चिप उत्पादक मध्यमा पर्छ। 

कारको माग बढिरहेको बेला कोरोनाको असर कार उत्पादनमा पनि समेत गरेको छ। यसको मुख्य कारण हो– चिपको उत्पापद काम हुनु। अहिले विश्वभरि नै चिपको अभाव बढेको छ। 

के हो चिप

कारको आवरणमा जे देखिन्छ त्यो भन्दा धेरै साना र महत्वपूर्ण पार्टपुर्जा कार भित्र प्रयोग भएको हुन्छ। इञ्जिन, गियरबक्स, च्यासिस, ह्वील, टायर, ग्लास, आदि सहजै देख्न सकिन्छ। तर कार भित्र धेरै किसिमका इलेक्ट्रोनिक कन्डक्टर तथा सेमिकन्डक्टर (माइक्रो चिप) प्रयोग गरिएको हुन्छ। यो सेमिकन्डक्टर कार उत्पादनक लागि अत्वावश्यक पर्छ। 

कारमा इन्जिनमा कति तेल पठाउने भन्ने कुराको निर्धारण गर्नेदेखि विन्ड स्क्रिनको वाइपर वा हेडलाइटको टाइमिङ, एयरब्याग र क्लाइमेट कन्ट्रोलजस्ता कामहरु कम्प्युटर चिपको मद्दतबाट हुन्छ। 

प्रविधिको बढ्दो प्रयोगसँगै एउटा कारमा करिब ८ दर्जन जति माइक्रो चिप प्रयोग हुन थालेको छ। कारमा अटोनोमस प्रविधिको विकास भएसँगै चिपको मागमा अत्यधिक वृद्धि भइरहेका छन्। 

विश्वभर कोरोना महामारीका कारण भएको लकडाउनले अन्य उत्पादन जस्तै चिपको सप्लाइ-चेन प्रभावित हुन पुग्यो। जसका कारण अटोमोबाइल कम्पनीहरुले अन्य पाट्र्सको उपलब्धता भए पनि कम्प्युटर चिप तथा सेमिकन्डक्टर नपाउँदा उत्पादनमा कटौती गर्न बाध्य भएका छन्।

सबैभन्दा धेरै सेमिकन्डक्टरको उत्पादन एसिया प्यासेफिक क्षेत्रमा हुँदै आएको छ। चिपको उत्पादन गर्ने स्थानलाई फाउन्ड्री भनिन्छ। यस्ता फाउन्ड्रीहरु भियतनाम, ताइवान, चीन, जापान, मलेसिया तथा दक्षिण कोरियामा धेरै छन्।

२०२१ को पहिलो क्वाटरको तथ्यांक अनुसार विश्वको चिप तथा सेमिकन्डक्टर मार्केटको सबैभन्दा धेरै ५६ प्रतिशत बजार हिस्सा ताइवान सेमिकन्डक्टर म्यानिफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को रहेको छ। त्यसपछि कोरियली कम्पनी सामसुङको हिस्सा करिब १८ प्रतिशत रहेको छ।

त्यस्तै ग्लोबल फाउन्ड्री तथा यूएमसीको समान ७ प्रतिशत हिस्सा छ। बाँकी कम्पनीहरुले १२ प्रतिशत मात्रै चिप्स बनाउँदै आएका छन्। चिप अभाव भएपछि गाडी निर्माता मात्रै समस्यामा परेका छैनन् अटो उद्योगको राजस्वमा २ सय १० अर्ब डलरभन्दा धेरै नोक्सानी बेहोर्ने भएका छन्। 

सेमिकन्डक्टर अभाकै कार विश्वका ठूला कार उत्पादकहरुले वार्षिक उत्पादन लक्ष्य समेत कटौती गरिरहका छन्। चीन-अमेरिकाको व्यापार युद्ध सुरु भएसँगै अमेरिकाले यस्ता फाउन्ड्री अमेरिकामै स्थापना बढाइरहेको छ। अन्य मुलुकहरुले समेत सेमिकन्डक्टर उत्पादनलाई प्राथमिकता दिइरहेका छन्। 

२०२२ को अन्त्यसम्ममा चिप अभाव हट्ने अनुमान गरिएकाे छ। विभिन्न कम्पनीहरुले गरेकाे अर्बौं लगानीका कारण उत्पादन बढेमा अभाव कम हुनेछ। 


प्रकाशित : शनिबार, कात्तिक १३ २०७८०२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend