शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

रास्वपाका रवि र स्वर्णिमले लिए सांसदको शपथ

शुक्रबार, वैशाख १५ २०८०
रास्वपाका रवि र स्वर्णिमले लिए सांसदको शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन‍्। उनीलाई प्रतिनिधिसभा कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

यही बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन्। 

गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो।

साथै चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो। उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन्। 


प्रकाशित : शुक्रबार, वैशाख १५ २०८००६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend