सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

एकदिनको सुधारपछि पुन: ओरालो लाग्यो सेयर बजार

images
बुधबार, वैशाख १३ २०८०
images
एकदिनको सुधारपछि पुन: ओरालो लाग्यो सेयर बजार
images
images

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागेको सेयर बजारमा दोहोरो अंकको वृद्धि एकदिनमात्र रहन सक्यो। मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार पुन: घटेको हो। 

images
images
images

सुधारको अपेक्षा गरिएको बजार घटिरहँदा सोमबार स्थिर रहँदै मंगलबार वृद्धि देखिएको थियो। बुधबार भने १३.६८ अंकले घटेर बजार १८९२.०० बिन्दुमा झरेको छ। ३८ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८४ करोड २५ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा झरेको थियो। सोमबार २.७१ अंकले बढेर बजार १८८८.३२ बिन्दुमा पुगेको थियो। मंगलबार १७.३६ अंकले बढेर बजार १९०५.६८ बिन्दुमा पुगेको थियो।

images
images

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। 


प्रकाशित : बुधबार, वैशाख १३ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend