शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सांसदको सङ्ख्या घटाउन राष्ट्रियसभा बैठकमा उठ्यो माग

बुधबार, वैशाख १३ २०८०
सांसदको सङ्ख्या घटाउन राष्ट्रियसभा बैठकमा उठ्यो माग
फाइल तस्बिर

काठमाडौं- राष्ट्रियसभाको बुधबारको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ।

बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याए। उनले भने, 'प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी/दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ। समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ।'

उgले प्रतिनिधिसभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए।

विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ। 'अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ', उनले भने।

नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले  संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ। 


प्रकाशित : बुधबार, वैशाख १३ २०८००८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend