शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुन्दर ट्रेडर्सले भित्र्यायो ईईभीईका स्कुटर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
सुन्दर ट्रेडर्सले भित्र्यायो ईईभीईका स्कुटर

यी स्कुटर एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म चल्न सक्छन्।

काठमाडौं- सुन्दर ट्रेडर्सले दुईपांग्रे विद्युतीय सवारी बजारमा ल्याएको छ। सुन्दरले बिहीबार भारतीय कम्पनी ईईभीईले उत्पादन गरेका पाँच वटा मोडल स्कुटर सार्वजनिक गरेको थियो। 

अटो इन्जिनियरिङको सहयोगमा यी विद्युतीय स्कुटर नेपाली बजारमा ल्याएको सुन्दलर ट्रेडर्सले जनाएको छ। मोबाइलबाट कन्ट्रोल गर्न सकिने, जीपीएस फिट भएको, चाँबी नचाहिने, यूएसबी पोर्ट, पार्किङ मोडलगायत विशेषता यी स्कुटरमा भएको कम्पनीले जनाएको छ। 

यी स्कुटर एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म चल्न सक्छन्। स्कुटर सार्वजनिक गर्न पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भास्करराज राजकर्णिकारले नेपालमा हाल खेर गइरहेको विद्युत उपयोग गर्नका लागि यस्ता विद्युतीय सवारीसाधनले महत्वपूर्ण भूमिका खेल्ने बताए।

स्कुटरको मूल्य नेपाली बजारमा १ लाख १७ हजारदेखि २ लाख २४ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ। यी स्कुटमा ५ वर्ष वारेन्टी उपलब्ध गराएकाे छ।

ईईभीई स्कुटर सोरुम धुम्बाराही र थापाथलीमा खोलिएका छन्। यो स्कुटर चार्ज गर्न धुम्बाराहीमा चार्जिङ स्टेसन समेत बनाइएको छ। योसँगै कम्पनीले पोखरा, धुलिखेल, चितवन, नौबिसेलगायत काठमाडौंका ११ ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend