शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नवनिर्वाचित सांसद वाग्ले भन्छन् - तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउँछु

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १२ २०८०
नवनिर्वाचित सांसद वाग्ले भन्छन् - तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउँछु

मंगलबार सम्पन्न मतगणनाअनुसार डा स्वर्णिम वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका हुन्।

तनहुँ- तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताएका छन्। 

मंगलबार मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यबाट प्रमाणपत्र बुझ्दै डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरे। 'जनताका अपेक्षा न्याय गर्नेछु', उनले भने। डा. वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए।

नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए। देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, 'सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ।'

मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए।

आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका हुन्।


प्रकाशित : मंगलबार, वैशाख १२ २०८००५:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend