सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

खारेजीको प्रक्रियामा रहेको क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना, कसरी गर्ने रकम फिर्ताको प्रक्रिया?

images
आइतबार, वैशाख १० २०८०
images
खारेजीको प्रक्रियामा रहेको क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना, कसरी गर्ने रकम फिर्ताको प्रक्रिया?
images
images

काठमाडौं- खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, संघ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ।

images
images
images

कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आइतबार यस्तो सूचना जारी गरेको हो।

images
images

क्रिष्टल फाइनान्सबाट पैसा फिर्ता लिन बाँकी रहेका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र आफ्नो निक्षेप भुक्तानी लिन दाबी पेस गर्न भनिएको छ।

images
images

निक्षेपकर्ताले आफ्नो निक्षेप दाबी गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पनी, संघसंस्थाको हकमा दर्ता तथा प्यान प्रमाणपत्रको प्रतिलिपि, निक्षेपकर्ताको खातामा रहेको नाम, खाता खोल्दाका बखतको हस्ताक्षरलगायतका कागजात एवं विवरण पेस गर्न भनिएको छ।
     
सो कम्पनीलाई ऋण दिएका व्यक्ति तथा संस्थालाई आफ्नो ऋण दाबी पेस गर्न लिक्विडेटरको कार्यालय यसअघि नै सूचना जारी गरिसकेको छ।

क्रिष्टल फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट २०५८ फागुन ८ गते ‘ग’ वर्गको वित्तीय संस्थाका रुपमा इजाजत पाएको थियो।

वित्तीय अवस्था बिग्रिएपछि यो कम्पनीलाई राष्ट्र बैंकले विसं २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो। उच्च अदालत पाटनको विसं २०७२ कात्तिक २० गतेको फैसलाअनुसार राष्ट्र बैंकले २०७७ भदौमा यो कम्पनीको लाइसेन्स खारेज गरेको थियो।


प्रकाशित : आइतबार, वैशाख १० २०८००७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend