शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अर्थमन्त्री भन्छन् - अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएर काम गर्छु, निराश नहोऔँ

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ९ २०८०
अर्थमन्त्री भन्छन् - अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएर काम गर्छु, निराश नहोऔँ

'हामी धेरै निराश नहोऔँ, अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ। केही समय धैर्य गरौँ', अर्थमन्त्री डा. प्रकाशशरण महतले भने।

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 'हाम्रो साधन र स्रोत थोरै छ। गर्नुपर्ने काम धेरै छ', अर्थमन्त्री डा. महतले भने।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोचसमेत आफ्नो रहेको बताए। अर्थमन्त्री एक्लैले आम चासो र चिन्तालाई सम्बोधन गर्न नसक्ने भएकाले तत्काल नतिजा नआउने भएकाले धैर्य गर्न उनले आग्रह गरे।

अर्थतन्त्रलाई चलायमान बनाउन र बाधा हटाउन पहल भइरहेको स्पष्ट पार्दै उनले राजस्व संकलनमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताए। ब्याजदरमा भएको वृद्धिका कारण लगानीमैत्री वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकको नेतृत्वसँग पनि छलफल गरिरहेको बताए।

'हामी धेरै निराश नहोऔँ, अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ। केही समय धैर्य गरौँ', अर्थमन्त्री महतले भने।

उनले राज्यको प्राथमिकतामा नपरेका विषयमा अनुदान र ऋण लिन उचित नभएको बताए। अर्थमन्त्री डा महतले आवश्यकता बाहिर सहयोग लिइरहेको भन्दै प्राथमिकता निर्धारण गरेर मात्र बाह्य सहयोग लिनुपर्ने धारणा राखे। उनले भने, 'प्राथमिकता निर्धारण गरेर लिनुपर्छ। के लिने नलिने के माग्ने नमाग्ने यथेष्ठ कुरा हुनुपर्छ।'

वैदेशिक सहयोगमा सञ्चालित आयोजनासमेत विभिन्न अवरोधका कारण समस्या खडा भएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले पूर्वतयारी पूरा गरेर मात्रै परियोजना अगाडि बढाउन सकिए कुनै पनि समस्या नहुने बताए। रासस


प्रकाशित : शनिबार, वैशाख ९ २०८००८:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend