आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

साताभर निराश सेयर बजार, कारोबारमा छैन उत्साह

images
बिहीबार , वैशाख ७ २०८०
images
साताभर निराश सेयर बजार, कारोबारमा छैन उत्साह
images
images

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागेको सेयर बजारमा सुधारको संकेत देखिएको छैन। लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ।

images
images
images

साताको अन्तिम कारोबार बिहीबार १५.७३ अंकले घटेर बजार १९०४.४० बिन्दुमा झरेको छ। ३३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९८ करोड ३३ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images
यो साता आइतबार ‍‍‍२.८० अंकले घटेको बजार सोमबार पनि २३.६४ अंकले घटेको थियो। मंगलबार ३.०७ अंकले घटेको बजार बुधबार भने १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको थियो।
 
साताभर सेयर कारोबार निराशाजनक अवस्थामा देखिएको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी देखिँदैनन्। कारोबार रकममा समेत गएको केही सातायता कमी देखिइरहेको छ। गएको साता बुधबार एकैदिन सेयर बजार ९२.२२ अंकले बढेको थियो। तर बजारको उछाल एकदिन पनि टिक्न सकेन। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।
 
बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच ओरालो यात्रा नै भइरहेको देखिन्छ। अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर प्रयास गरिरहँदा त्यसको प्रभाव बजारमा देखिन सकेको छैन। 


प्रकाशित : बिहीबार , वैशाख ७ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend