आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

२१ वाणिज्य बैंकको नाफा आधाखर्ब नजिक, कुन बैंकको कति?

सूचकमा अब्बल बन्ने होडमा नबिल, ग्लोबल आईएमई र एनआईसी एसिया

images
बिहीबार , वैशाख ७ २०८०
images
२१ वाणिज्य बैंकको नाफा आधाखर्ब नजिक, कुन बैंकको कति?
images
images

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरूको नाफा ११.७१ प्रतिशत बढेको छ। गत वर्ष यो अवधिमा ४३ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेका बैंकहरूले चालु आवमा ११.७१ प्रतिशतले नाफा बढाएर ४८ अर्ब ७० करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेका हुन्।

images
images
images

वाणिज्य बैंकहरूमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंकले ५ अर्ब ११ करोड नाफा गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको हो। तेस्रोमा एनआईसी एसिया बैंकले ४ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। 

images
images

नाफा बढाउनमा भने एभरेष्ट बैंक आक्रामक देखिएको छ। एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफा बढाएका छन्। एभरेष्टले नाफा ६२ प्रतिशतले बढाएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक्ले ६० प्रतिशतले बढाएको छ ।

images
images

सनराइज, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो। 

कुन बैंकको नाफा कति ?

नबिल बैंक : ५ अर्ब ११ करोड ६१ लाख

ग्लोबल आईएमई बैंक : ४ अर्ब ३५ करोड ८२ लाख

एनआइसी एसिया बैंक : ४ अर्ब १ करोड ४९ लाख

एभरेष्ट बैंक : २ अर्ब ४६ करोड ६० लाख

स्ट्याण्डर्ड चार्टर्ड : २ अर्ब ६१ करोड ८ लाख

लक्ष्मी बैंक : १ अर्ब २६ करोड ५३ लाख

नेपाल एसविआई बैंक : १ अर्ब ८० करोड ३२ लाख

राष्ट्रिय वाणिज्य बैंक : ३ अर्ब ३५ करोड ८२ लाख

हिमालयन बैंक : १ अर्ब ७३ करोड ८८ लाख

नेपाल इन्भेष्टमेन्ट बैंक : ३ अर्ब ४ करोड ६१ लाख

प्रभु बैंक : १ अर्ब ९५ करोड ४६ लाख 

सानिमा बैंक : १ अर्ब ७१ करोड १६ लाख

कुमारी बैंक : १ अर्ब ८२ करोड २ लाख

एनएमबि बैंक : २ अर्ब ६८ करोड २५ लाख

सनराइज बैंक : १ अर्ब १७ करोड ९ लाख

प्राइम बैंक : २ अर्ब ४६ करोड ७५ लाख

माछापुछ्रे बैंक : १ अर्ब ३५ करोड ५६ लाख

नेपाल बैंक : १ अर्ब ७८ करोड २३ लाख

सिटिजन्स बैंक : १ अर्ब २३ करोड ६० लाख

सिद्धार्थ बैंक : १ अर्ब ४९ करोड १ लाख

कृषि विकास बैंक : १ अर्ब ४ करोड १० लाख


प्रकाशित : बिहीबार , वैशाख ७ २०८००४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend