आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

एनएमबी बैंकको नेपालमै पहिलो हेजिङ कारोबार

images
बुधबार, वैशाख ६ २०८०
images
एनएमबी बैंकको नेपालमै पहिलो हेजिङ कारोबार
images
images

काठमाडौं- एनएमबी बैंकले नेपालकै पहिलो हेजिङ कारोबार सम्पन्न गरेको छ। बैंकले द करेन्सी एक्सचेञ्ज फण्ड (टिसिएक्स) अम्स्टर्डम र एमएफएक्स करेन्सी रिक्स सोलुसन, वासिङ्टनु सँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकमको हेजिङ कारोबार गरेको बताएको छ।

images
images
images

नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ उपकरण टिसिएक्सले उपलब्ध गराएको र सो सम्बन्धी कारोबार गर्नका लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको बैंकले जनाएको छ।

images
images

उक्त हेजिङ कारोबारले बैंकको वित्तीय संयन्त्र विकास र प्रयोग प्रतिको प्रतिबद्धता दर्शाएको बैंकको भनाइ छ। यस हेजिङ कारोबारले देशभर स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोबार गर्नका लागि मार्ग प्रसस्त गरेको बैंकले बताएको छ। यसले अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

images
images

विकासउन्मुख देशहरूको आर्थिक उन्नतिका लागि डेभलपमेन्ट फाइनान्स इन्सटिट्यूसनहरूले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुने समेत बैंकले जनाएको छ। नेपालमा उपलब्ध स्रोत र साधनहरुहख कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाइको देश बनेको बैंकले बताएको छ। 

यस्ता विदेशी दातृ निकायहरूबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको बैंकको भनाइ छ। फलस्वरुप यसरी प्राप्त हुने विदेशी मुद्राको उतार चडाबलाई नियन्त्रण गर्नका लागि नेपालका बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको छ। टिसिएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरूमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरू प्रस्ताव गर्ने उद्देश्य लिएर स्थापना भएको संस्था हो।


प्रकाशित : बुधबार, वैशाख ६ २०८०१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend