आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

ओरालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि

images
बुधबार, वैशाख ६ २०८०
images
ओरालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि
images
images

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागेको सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। गएको साता एक दिन उछाल देखिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ।

images
images
images

बुधबार १५.१३ अंकले बढेर बजार १९२०.१२ बिन्दुमा पुगेको छ। १६७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८७ करोड २१ लाख रूपैयाँको मात्र कारोबार भएको छ। 

images
images

बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच ओरालो यात्रा नै भइरहेको देखिन्छ। बुधबारको वृद्धि सामान्य सुधारका रुपमा मात्र रहेको छ। अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर प्रयास गरिरहँदा त्यसको प्रभाव बजारमा देखिन सकेको छैन। 

images
images

यो साता आइतबार ‍‍‍२.८० अंकले घटेर बजार १९३१.६८ बिन्दुमा झरेको थियो। सोमबार २३.६४ अंकले ओरालो लागेर १९०८.०४ मा सीमित भएको थियो। मंगलबार ३.०७ अंकले घटेर बजार १९०४.९८ बिन्दुमा पुगेको थियो। गएको साता सेयर बजार बुधबार ९२.२२ अंकले बढेको थियो। तर बजारको उछाल एकदिन पनि टिक्न सकेन। गएको साता नै बिहीबार २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा झरेको थियो। 

 


प्रकाशित : बुधबार, वैशाख ६ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend