बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

साढे ४ करोड लगानीमा रेचेघाटमा पक्की पुल निर्माण हुने

images
बुधबार, वैशाख ६ २०८०
images
images
साढे ४ करोड लगानीमा रेचेघाटमा पक्की पुल निर्माण हुने

पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय होम राई मगरले बताए। 

images
images

रामपुर- पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका-६ र पूर्वखोला गाउँपालिका-१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ।

images
images
images

जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल चार करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

images
images

पुलको लम्बाइ ४६ मिटर रहेको छ। पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय होम राई मगरले बताए। 

images
images
images

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले मंगलबार सो पुलको उद्घाटन गरेका हुन्। उक्त खोलामा पक्की पुल नहुँदा यहाँका बासिन्दाले वर्षायाममा खोला वारपार गर्न समस्या भोग्दै आएका थिए। कृषकले उत्पादन गरेको सामग्री बजारमा पठाउन समस्या भएको थियो। 

पुल बनेपछि दैनिक जीवनयापनमा टेवा पुगेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउँछन्। निस्दी र पूर्वखोला गाउँपालिकालाई जोड्ने मोटरेबल पुल निर्माण भएपछि यहाँका बस्ती अन्य गाउँसित जोडिएका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख ६ २०८००४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend