बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

८२ लाखको लागतमा टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति बन्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
images
images
८२ लाखको लागतमा टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति बन्ने

टोखा नगरपालिका-१ स्थित झोर महांकाल देवीसँगै रहेको ६१ रोपनी सार्वजनिक जग्गामध्ये हाल दुई रोपनी क्षेत्रफलमा उक्त बुद्धको मूर्ति निर्माण हुन लागेको हो।

images
images

काठमाडौं- काठमाडौंको टोखामा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने भएको छ।

images
images
images

टोखा नगरपालिकाले झोर महांकालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो। नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागिएको जानकारी दिए।

images
images

सो मूर्ति निर्माणका लागि टोखा नगरपालिकाले श्रीबहादुर तामाङको अध्यक्षतामा झोर महांकाल बुद्धमूर्ति निर्माण उपभोक्ता समितिसमेत गठन गरिसकेको छ। दुई वर्ष अगाडि नै उक्त मूर्ति निर्माण अगाडि बढेको भए पनि यस वर्षमात्रै निर्माण सुरू भएको टोखा-१ का वडाअध्यक्ष रमेशकुमार लामिछानेले जानकारी दिए।

images
images
images

उक्त बुद्धको मूर्ति एक वर्षभित्र पूरा भइसक्ने सो नगरपालिकाले जनाएको छ। टोखा नगरपालिका-१ स्थित झोर महांकाल देवीसँगै रहेको ६१ रोपनी सार्वजनिक जग्गामध्ये हाल दुई रोपनी क्षेत्रफलमा उक्त बुद्धको मूर्ति निर्माण हुन लागेको हो। बुद्धको मूर्ति निर्माणसँगै उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने वडाध्यक्ष लामिछानेले बताए। रासस 


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००९:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend