शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

दुई महिनाको गिरावटपछि एक सातामा २६८ अंकको सुधारले राहत, धेरै जोखिम नलिने 'मुड'मा लगानीकर्ता

images
बिहीबार , कात्तिक ११ २०७८
images
images
दुई महिनाको गिरावटपछि एक सातामा २६८ अंकको सुधारले राहत, धेरै जोखिम नलिने 'मुड'मा लगानीकर्ता
images
images

काठमाडौं- दुई महिनामा ६८५ अंकले घटेको सेयर बजारमा यस साताको २६८ अंकको सुधारले लगानीकर्तालाई राहत दिएको छ।

images
images
images

भदौ २ गते नेप्सेसूचक अहिलेसम्मकै सर्वाधिक ३१९९ अंक पुगेर कात्तिक २ गते २५१४ अंकसम्म तल झर्‍यो। यस अवधिमा सेयर बजार ६८५ अंकले तल झर्‍यो। बिहीबार साताको अन्तिम दिन १३.०४ अंकले बढेर २७८२.१७ पुगेको छ। यो साता कारोबार रकमसमेत बढ्दै गएको छ। बिहीबार मात्रै ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ।   

images
images

तर कात्तिक ३ गतेदेखि लगातार सेयर बजार सुधार हुने क्रममा आज बिहीबारसम्ममा २६८ अंकले बढिसकेको छ। बैंक ब्याजदर, बैंकिङ तरलता, सेयर धितोकर्जामा नेपाल राष्ट्र बैंकको कडाइले तल झरेको सेयर बजारलाई चुनावको हल्लाले साथ दिएको छ। 

images
images
images

आउँदो चैत बैशाखमा स्थानीय तहको निर्वाचन गर्नै पर्ने दबावमा सरकार रहेको छ। स्थानीय तहको निर्वाचनसँगै आउँदो मंसिरमा संघीय चुनाव गर्नै पर्ने हुन्छ। त्यसैले गर्दा आगामी दिनमा केही उतारचढाव हुँदै बजार सुधार हुने अनुमान गरिएको छ। यस साता २६८ अंकले सुधारिएको सेयर बजार आगामी साता पनि बढ्न सक्ने अनुमान गरिएको छ। बजारमा तिहारअगाडि कुनै पनि नकारात्मक समाचार आउने देखिँदैन। 

कात्तिक अन्तिम सातामा बैंकिङ तरलता तथा ब्याजदरको समाचारले बजारलाई प्रभावित पार्न सक्छ। साथै कात्तिक अन्तिम सातामा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक समीक्षा गर्नु पर्नेछ। यदि राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा सेयर धितोकर्जाको ४ र १२ करोडको सीमालाई हटाइदियो र सिडी रेसियोको विषयमा केही संशोधन गरिदियो भने बजारले पुनः सुधारको गति लिनेछ। यदि नेपाल राष्ट्र बैंकले दुवै एजेण्डामा हेरफेर गरेन भने बजारले खासै सुधारको गति लिन सक्ने देखिँदैन। 

त्यसैले गर्दा आगामी साता लगानीकर्ताहरू केही दोधारमा हुने देखिन्छ। कात्तिक अन्तिम सातामा नेपाल राष्ट्र बैंकले लगानीकर्ताको माग सम्बोधन गरिदियो भने बजार उकालो लाग्नेछ। अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीको सम्बन्ध त्यति राम्रो नभएकोले पनि लगानीकर्ताको माग सम्बोधनको विषय मा विश्वास गर्नसक्ने अवस्था भने यकीन हुने सक्ने देखिँदेन। 

त्यसैले गर्दा ठूला लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। साना तथा ठूला लगानीकर्ताले थोरै थोरै मात्रै सेयर खरिद गरिरहेका छन्। धेरै सेयर खरिद गर्दा अहिलेको अवस्थामा जोखिम नै हरेको विश्लेषकहरू बताउँछन्। त्यसैले गर्दा थोरै मात्रै जोखिम लिने मुडमा लगानीकर्ता छन्। 


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend