बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेकथ्रु’

images
सोमबार, वैशाख ४ २०८०
images
images
राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेकथ्रु’

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६ करोड ७० लाख  अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो।

images
images

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’ भएको छ। 

images
images
images

रघुगंगा गाउँपालिका-३ पिप्लेबाट तिल्केनी चौरमा निर्माणाधिन विद्युत्गृहमा पानी खसाल्ने ठाडो सुरुङ सोमबार जोडिएको हो। आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले एक सय ९६ मिटर ठाडो सुरुङ जोडिएको जानकारी दिए। 

images
images

‘विद्युत्गृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो’ उनले भने ‘सबैभन्दा कठिन मानिएको ‘भर्टिकल प्रेसर साफ्ट’ को पनि आज ‘ब्रेक थ्रु’ भएको छ।’

images
images
images

सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले सहायक ठेकेदार बाबरी र बाराही मण्डली कन्ट्रक्सनलाई भर्टिकल प्रेसर साफ्ट निर्माणको जिम्मा दिएको थियो। अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये तीन सय ७० मिटर सुरुङ निर्माण सकिएको छ। पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ।

छ हजार दुई सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म चार हजार तीन सय ३४ मिटर निर्माण सकिएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। आयोजनाको समग्रमा भौतिक प्रगति ५५ प्रतिशत छ। 

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६ करोड ७० लाख  अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो।

ठेक्काको ४५ महिनाको अवधीमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ। विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षणगरी आयातको प्रक्रिया अघि बढाइएको छ। 

रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ। तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तिब्रताका साथ भैरहेको छ।

घुमाउने तालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरि विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ। कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो। रासस


प्रकाशित : सोमबार, वैशाख ४ २०८०१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend