बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

बैंकहरूले घरजग्गामा लगानी बढाउँदा चैतमा उत्साहप्रद कारोबार

images
सोमबार, वैशाख ४ २०८०
images
images
बैंकहरूले घरजग्गामा लगानी बढाउँदा चैतमा उत्साहप्रद कारोबार

चैतमा ४ अर्बभन्दा बढी राजस्व संकलन भएको छ। फागुनमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

images
images

काठमाडौं- बैंकहरूले घरजग्गामा लगानी बढाउँदा चैतमा घरजग्गा कारोबार बढेको छ। फागुनमा घरजग्गा कारोबार घटेकोमा पुनः चैतमा बढेको छ।

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको छ। फागुनमा देशभरका मालपोत कार्यालयहरूबाट ४० हजार ७ सय ३४ लिखत पास भएको थियो। 

images
images

गत माघमा ४१ हजार ८६ कित्ता किनबेच भएको थियो। मंसिरमा भन्दा पुस महिनामा पनि बढेर ३८ हजार ८ सय ७१ पुगेको थियो। गत मंसिरमा २९ हजार १ सय ८४ रहेको लिखत पास भएको थियो।

images
images
images

मंसिर र पुसमा भन्दा माघमा कारोबार बढेपछि फागुनमा पनि बढ्ने अनुमान गरिएको थियो। तर फागुनमा कारोबार घटेको थियो। कात्तिकमा २७ हजार ९ सय ३९ घरजग्गा किनबेच भएको थियो।   

चैतमा ४ अर्बभन्दा बढी राजस्व संकलन भएको छ। फागुनमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागको तथ्यांक छ। 

पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। मंसिरमा सरकारले घरजग्गा खरिद बिक्रीबाट २ अर्ब ६५ करोड रुपैयाँमात्रै संकलन गरेको थियो। माघ महिनाको घरजग्गाको कारोबार पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच भएको थियो। 

बैंकमा निक्षेप बढेपछि घरजग्गा कारोबार उत्साह

वित्तीय प्रणालीमा निक्षेप लगातार थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म  वित्तीय प्रणालीमा निक्षेप ५४ खर्ब ४९ अर्ब पुगेको छ। चैतमा मात्रै ४९ अर्ब निक्षेप थपिएको छ। 

चैत १ गते वित्तीय संस्थाहरुको निक्षेप ५४ खर्ब रहेको थियो। त्यसयता ४९ अर्ब निक्षेप बढेकोे हो। चैत महिनाभरी ऋण लगानी भने १७ अर्ब मात्रै भएको छ। 

यता चैत १ मा ४८ खर्ब १२ अर्ब ऋण प्रवाह पुगेकोमा थपिएर ४८ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। यता सीडी रेसियो पनि ८५.३५ प्रतिशतमा झरेको छ। साउनमा ८८ प्रतिशतसम्म पुगेको सीडी रेसियो अहिले घटेर ८५.३५ प्रतिशतमा आएको छ।

यसले बैंकहरूले ऋण लगानी गर्न सक्ने देखिएको छ। साउनमा ८८.५० प्रतिशत सम्म पुगेको थियो। धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा राख्न हम्मेहम्मे परेको थियो। यता अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ। 

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार भदौमा ५२ खर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। चैत ४९ अर्ब निक्षेप थपिएको छ। 


प्रकाशित : सोमबार, वैशाख ४ २०८०१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend