शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

चिनियाँ धानमा 'भुसमात्रै', बिउमा मिसावटको आशंका

images
बिहीबार , कात्तिक ११ २०७८
images
चिनियाँ धानमा 'भुसमात्रै', बिउमा मिसावटको आशंका

भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, नगरपालिकामा अधिकांश किसानले डीवाई २८ जातको धान लगाएका थिए। चाइनिज धान डी वाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डी वाई २८ लगाएका किसान बढी मर्कामा परेका छन्।

images
images

काठमाडौं- गएका वर्षमा धेरै फलेको भन्दै चिनियाँ धान लगाउने किसानहरू यो वर्ष उत्पादन शून्य हुँदा समस्यामा परेका छन्। पहिले एक रोपनी जग्गामा आठ दश मुरीसम्म चिनियाँ हाइव्रीड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन्। 

images
images
images

गतसाता देशभर बाढीपहिरोले धान बाली नष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरमा भने लगाएको धानका बालामा दाना नलाग्दा खाद्यान्नको अभाव हुने भएको छ। भक्तपुरका किसानले लगाएको धानमा भुसमात्र रहेपछि काठमाडौंको बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभाव हुने भएको छ भने किसान जीविका नै अफ्ठ्यारोमा पर्ने देखिन्छ।

images
images

भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, नगरपालिकामा अधिकांश किसानले डीवाई २८ जातको धान लगाएका थिए। चिनियाँ धान डी वाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डी वाई २८ लगाएका किसान बढी मर्कामा परेका छन्।

images
images

सात रोपनी खेत पूरै परालमात्र भएको सुनाउँदै चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटका किसान विजय लामा र सावित्री श्रेष्ठले बढी फल्ने धान लगाउन पाए हात मुख जोड्न सजिलो हुन्छ भनेर ७ रोपनीमा लगाएको डी वाई २८ मा दाना नै नलाग्दा अब के खाने भन्ने अवस्थामा आफू पुगेको दु:खेसो गरे। 

चिनियाँ धानको बिउमा स्थानीय रुपमा उत्पादन भएको धान अघिल्लो वर्षको डीवाई २८ मिसाएर व्यापारीहरूले बिक्री गरेको हुनसक्ने कृषक समूह महासंघ भक्तपुर जिल्ला अध्यक्ष टेकबहादुर लाखेले बताए। ‘एउटै गरामा रोपेको केही धान फलेका अधिकांशमा बालामा चामल नै नपसेको भुस मात्र फलेको देख्दा उताबाट ल्याएको धानको बिउमा यहाँ अघिल्लो वर्ष फलेको धानको बिउ मिसाएर बिक्री गरेको स्पस्ट देखिन्छ’ उनले भने। 

यस्तै नगरकोट क्षेत्रका ७० प्रतिशत किसानले यही धान लगाएकोमा कसैको पनि रोपनीमा एक मुरीभन्दा बढी धान नआउने किसानहरूले बताएका छन्। धानको बिउ किलोको ८५० भन्दा बढी पर्ने भएकाले विचौलियाले व्यापारिको मिलेमतोमा धानको बिउमा मिसावट गरेको किसानहरूले बताएका छन्।

किसानहरूले धान नफलेको विषयमा राज्यस्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन्। धानको बाला नलागेको बोटको जरा सेतो छ बाला लागेको धानको जरा र काण्ड रातो छ। यसरी हेर्दा बिउ आयात गर्ने कम्पनीहरूको लापरवाहीले सोझा किसान ठगिएको आशंका गरिएको छ। केही वर्ष अगाडि पनि पूरै भक्तपुरमा लगाएको डीवाई ६९ धानमा पनि यसरी नै भुस मात्र लागेको थियो।


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend