काठमाडौं- नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्का विरुद्ध मुद्दामा सरकारतर्फका साक्षीहरु उपस्थित नभएपछि विशेष अदातलले उनीहरु विरुद्ध प्रकाउ आदेश जारी गरेको छ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामाथि सुनुवाइ गर्दै विशेषले पटक पटक अनुपस्थित भएको भन्दै सरकारी साक्षी विरुद्ध उक्त आदेश जारी गरेको हो।
खड्काले १८ करोड ६६ लाख पाँच हजार रूपैयाँ बराबर अकुत सम्पत्ति जोडेको दाबी सहित अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो।
उनी विरुध अख्तियारले २०७५ पुस २३ गते मुद्दा दायर गरेको थियो। विशेष अदालतका न्यायधिस यमुना भट्टराई, बलभद्र बास्तोला र खुशी प्रसाद थारुको संयुक्त इजालसले उनी सहित ४ जना विरुद्ध प्रकाउ जारी गरेको हो।

खड्का सहित शर्मिला खड्का, अमिता लामा सोदेम्बा, सिजि डेभलपर्स प्रालि विरुद्ध प्रकाउ पुर्जी जारी गर्ने आदेश भएको हो।
त्यसमध्ये उनले अन्य व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्न पनि अख्तियारले विशेषसँग माग गरेको थियो। उनीसँग रहेको २७ करोड ३० लाखको ७५ हजार सम्पत्ति मध्ये वैध आय जम्मा ८ करोड ६४ लाख ६९ हजार भएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको थियो।
उनले आयल निगमको कार्यकारी निर्देशक भैसकेपछिका ६ वर्षमा पुर्ख्यौली बाहेकका ३ वटा घर बनाएको अख्तियारको अभियोगपत्रमा उल्लेख थियो।
अख्तियारका अनुसार खड्काले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेका थिए। खड्काले घरजग्गा खरिदमा मात्र ११ करोड ६१ लाख ४३ हजार लगानी गरेको अख्तियार आरोप पत्रमा उल्लेख थियो।
-यसअघि शीर्षकमा अन्यथा भएकाले सच्याइएको