काठमाडौं- भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपालले खरिद गर्ने इन्धनको मूल्य बढाएर पठाएको छ। आईओसीबाट पेट्रोलमा प्रतिलिटर साढे ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १ रुपैयाँले बढेर आएको निगमले जनाएको छ।
अन्य इन्धनको मूल्य भने यथावत नै रहेको छ। अबको १५ दिनमा निगमले ६० करोड नाफा गर्ने प्रक्षेपण गरेको छ। यस अघि १५ दिनमा निगमले ८० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको थियो।
मूल्य समायोजनको विषयमा एक/दुई दिनमा सञ्चालनक समितिले निर्णय गर्ने निगमले जनाएको छ।