बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

साढे पाँच अर्बले घट्यो आन्तरिक राजस्व 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३ २०८०
images
images
साढे पाँच अर्बले घट्यो आन्तरिक राजस्व 

गत आवको सुरुवाती नौ महिनाको आन्तरिक राजस्व संकलनको तुलनामा चालु आवको सोही अवधिमा पाँच अर्ब ५५ करोड ६६ लाख रकम कर उठेको छ। जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्ब रूपैयाँले न्यून देखिएको छ।

images
images
images

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व संकलन तीन खर्ब ३७ अर्ब १० करोड २० लाख रूपैयाँ बराबर छ। गत आवको सोही अवधिमा सरकारले तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख रूपैयाँबराबर कर उठाएको थियो। अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो।

images
images

गत आवको सुरुवाती नौ महिनाको आन्तरिक राजस्व संकलनको तुलनामा चालु आवको सोही अवधिमा पाँच अर्ब ५५ करोड ६६ लाख रकम कर उठेको छ। जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो। चालु आवको चैत मसान्तसम्ममा सरकारले एक खर्ब ५० अर्ब २० करोड रूपैयाँबराबर आयकर उठाएको छ। जबकी गत आवको यही अवधिमा एक खर्ब ६५ अर्ब ४५ करोड रूपैयाँ आयकर संकलन भएको थियो।

images
images
images

नौ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट संकलन) ७८ अर्ब ८९ करोड ६५ करोड रूपैयाँ बराबर छ। अन्तःशुल्कतर्फ रु ७४ अर्ब २८ करोड ९२ लाख बराबर असुली भएको छ। यही अवधिमा घरबहाल करतर्फ एक अर्ब ९७ करोड, स्वास्थ्य सेवा करतर्फ पाँच अर्ब २५ करोड र शिक्षा करतर्फ एक अर्ब २६ करोड रूपैयाँ बराबर उठेको विभागको तथ्यांकबाट देखिन्छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्ममा कुल सरकारी राजस्व संकलन भने वार्षिक लक्ष्यको ४७ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ। चालु आवका लागि सरकारले कुल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रूपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म सात खर्ब २४ अर्ब ४७ करोड ४३ लाख रूपैयाँ बराबर मात्रै राजस्व संकलन भएको देखिएको हो। रासस


प्रकाशित : आइतबार, वैशाख ३ २०८०१२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend