शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वैकल्पिक ऊर्जाको विद्युतीय सवारी र्‍याली जावलाखेलबाट भृकुटीमण्डपसम्म हुने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
वैकल्पिक ऊर्जाको विद्युतीय सवारी र्‍याली जावलाखेलबाट भृकुटीमण्डपसम्म हुने

र्‍याली भने ८ बजे सुरु भएर साढे ९ बजे भृकुटीमण्डप पुगेर समापन हुनेछ।

काठमाडौं- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)ले गर्न लागेको विद्युतीय सवारी र्‍याली जावलाखेलदेखि भृकुटीमण्डपसम्म हुने भएको छ। केन्द्रले आफ्नो २५औं वार्षिक उत्सवको अवसरमा आउँदै शनिबार केन्द्रले र्‍याली आयोजना गर्न लागेको हो। 

शनिबार बिहान साढे ७ बजे र्‍यालीमा सहभागी हुनेहरुलाई जावलाखेलमा उपस्थित हुन आग्रह गरेको छ। र्‍याली भने ८ बजे सुरु भएर साढे ९ बजे भृकुटीमण्डप पुगेर समापन हुनेछ। र्‍याली सकिएपछि कार्यक्रमलाई केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकरीले सम्बोधन गर्नेछन्। 

र्‍यालीमा नेपालमा उपलब्ध सबै प्रकारका विद्युतीय सवारीलाई सहभागी हुने केन्द्रले आग्रह गरेको छ। विद्युतीय कार, मोटरसाइकल तथा स्कुटर, साइकलको समेत सहभागी हुनेछन्। 

केन्द्रले नेपालमा विद्युतीय सवारी ल्याएर बिक्री गर्दै आएका सबै बिक्रेताहरुलाई सहभागिताका लागि आग्रह गर्दै पत्र पठाएको थियो। सबै विद्युतीय सवारी बिक्रेतालाई केन्द्रले गएको आइतबार छलफलमा बोलाएर र्‍याली बारे छलफल गरेको थियो। 

सरकारले विद्युतीय सवारीको प्रवद्र्धन गर्ने नीति लिएको छ। त्यही अनुरुप चालु आर्थिक वर्षको अध्यादेश बजेटबाट विद्युतीय कारमा लाग्दै आएको कर घटाइएको थियो। 

हाल नेपाली बजारमा दुई दर्जनभन्दा बढी दुईपांग्रे विद्युतीय सवारी आयात भइरहेका छन्। त्यस्तै विश्वका चर्चित विद्युतीय कार टेस्लाका मोडल थ्री, मोडल एक्स, कुन्डाई कोना, किया निरो, एमजी जेडएसइभी, महिन्द्रा इटूओ, इभेरिटो, टाटा नेक्सन इभीलगायत कार बिक्री हुँदै आएका छन्। यसैगरि पछिल्लो समय विभिन्न ब्रान्डका चिनियाँ विद्युतीय कार समेत बिक्री हुँदै आएको छ।


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०६:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend