बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी, पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३ २०८०
images
images
जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी, पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास

६ हजार १ सय ५१ मिटर अग्लो जुगल हिमालमा पहिलोपटक विसं २०७५ को चैतमा सफल आरोहण गरिएको थियो।

images
images

चौतारा- विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रिपरिषद्‌को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ।  

images
images
images

काठमाडौंबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ। 

images
images

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त हिमालअन्तर्गत ‘जुगल-१’ देखि ‘जुगल-५’ नामाकरण भएका पाँच चुचुरा आरोहणका लागि खुल्ला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो। उक्त हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने-पेमाछाल उपत्यकामा पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम गरिएको छ।

images
images
images

६ हजार १ सय ५१ मिटर अग्लो जुगल हिमालमा पहिलोपटक विसं २०७५ को चैतमा सफल आरोहण गरिएको थियो। हालसम्म औपचारिकरुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाअन्तर्गत पर्ने आठमध्ये एक रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए। जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालअन्तर्गत दोर्जे लाक्पा, फुर्बा घिप्चेलगायतका हिमाल पर्दछन्। दोर्जे लाक्पाको उचाइ छ हजार नौ सय ६६ मिटर छ।

यससम्बन्धी जानकारी दिन यहाँ आयोजित एक कार्यक्रमलाई पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक-१ का सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतले सम्बोधन गरेका थिए।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व रहेको ने-पेमाछालमा लामा गुरुले पूजा आजा समेत गरिएको थियो भने पर्यटन प्रवर्द्धनका लागि यहाँ विविध कार्यक्रमको पनि आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए। रासस 


प्रकाशित : आइतबार, वैशाख ३ २०८००९:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend