बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

९ महिनामा २ सय १६ उद्योग दर्ता, १ खर्ब ८२ अर्बको लगानी प्रतिबद्धता

images
आइतबार, वैशाख ३ २०८०
images
images
९ महिनामा २ सय १६ उद्योग दर्ता, १ खर्ब ८२ अर्बको लगानी प्रतिबद्धता

उद्योग विभागका अनुसार २ सय १६ वटा उद्योगमा १ खर्ब ८२ अर्बको लगानी प्रतिबद्धता आएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ९ महिनामा २ सय १६ वटा उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार २ सय १६ वटा उद्योगमा १ खर्ब ८२ अर्बको लगानी प्रतिबद्धता आएको छ। 

images
images
images

चालु आवको ९ महिनामा दर्ता भएको उद्योग तथा लगानी प्रतिबद्धता गत आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिको भन्दा कम हो। गत वर्ष सोही अविधमा २ सय ३२ वटा उद्योग दर्ता भएका थिए। 

images
images

२ सय ३२ उद्योगमा २ अर्ब ६६ अर्ब रूपैयाँँभन्दा माथिको लगानी प्रतिबद्धता आएको छ। चालु आवमा गत आवको तुलनाामा उद्योग संख्यामा १६ ले कमी हो भने लगानी प्रतिबद्धता ८४ अर्बले कमी हो। 

images
images
images

गत वर्षको ९ महिनामा सबैभन्दा बढी ऊर्जा क्षेत्रमा रहेको थियो। गत वर्ष ३२ ऊर्जामुलक उद्योगमा १ खर्ब ३२ अर्बको लगानी प्रतिबद्धता आएको थियो । तर चालु आवमा ऊर्जा क्षेत्रमा जम्मा १ खर्ब रूपैयाँको मात्रै लगानी प्रतिबद्धता आएको छ। तर संख्या भने गत आवको ९ महिनाको तुलनामा चालु आवमा ४ वटाले बढी छ। चालु आवमा ३८ वटा ऊर्जामुलक उद्योग दर्ता भएका छन्।

यसैगरी चालु आवको ९ महिनामा उत्पादनमुलक उद्योगमा २९ अर्ब ८९ करोड रूपैयाँँको लगानी प्रतिबद्धता आएको छ। तर गत वर्ष ८९ उत्पादनमुलक उद्योगमा ५७ अर्ब ९९ करोडको लगानी प्रतिबद्धता आएको थियो।

यसैगरी गत आवमा पर्यटनमुलक उद्योगमा २२ अर्ब १६ करोडको लगानी प्रतिबद्धता आएको थियो। तर चालु आवमा १९ अर्ब ६३ करोडको मात्रै लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख ३ २०८००८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend