बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

सोमबार गुल्मीमा मह दिवस मनाइँदै

images
आइतबार, वैशाख ३ २०८०
images
images
सोमबार गुल्मीमा मह दिवस मनाइँदै

मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सोअन्तर्गत संगठित किसान, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो।

images
images

रेसुंगा- गुल्मीको मुसिकोट नगरपालिका-८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ।

images
images
images

मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ। मौरी स्मार्टमा हाल ५१ किसान संगठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए।  

images
images

मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सोअन्तर्गत संगठित किसान, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो।

images
images
images

दोस्रो वर्ष वृद्धि वर्षको रूपमा मौरी पालन बढाइएको थियो। तेस्रो वर्ष अहिले मह दिवस मनाउन थालिएको र आगामी वर्ष निर्यात वर्षको रूपमा रहनेछ। 

पहिलो वर्षमा ३२ लाख र दोस्रो वर्षमा ३७ लाख ५० हजार रुपैयाँ लुम्बिनी प्रदेश सरकारको मौरी स्मार्टमा लगानी भएको छ।

जसमा मौरीका लागि आवश्यक सामग्री, मह बनाउने तालिम र घार निर्माणका लगानी गरिएकोे अध्यक्ष घर्तीमगरले बताए। 'मौरीको व्यवसायीकरण, प्रवर्द्धन र निर्यात सहजताका लागि दिवस मनाउन लागिएको हो,' उनले भने, 'मह दिवसले मौरी पालन गर्न  थप आकर्षित गर्नेछ।' रासस


प्रकाशित : आइतबार, वैशाख ३ २०८००७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend