बिहीबार , जेठ १५ गते २०८२    
बिहीबार , जेठ १५ २०८२
images
images

संस्थान र समितिको भाखा नाघेको साँवा र ब्याज १ खर्ब ८ अर्ब पुग्यो, सबैभन्दा धेरै विद्युत प्राधिकरणको

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ३० २०७९
images
images
संस्थान र समितिको भाखा नाघेको साँवा र ब्याज १ खर्ब ८ अर्ब पुग्यो, सबैभन्दा धेरै विद्युत प्राधिकरणको

भाखा नाघेको साँवा ब्याज चुक्ता नगर्ने ८० निकायमध्ये सबैभन्दा बढी भाखा नाघेको साँवा ब्याज हुनेमा नेपाल विद्युत प्राधिकरण रहेको छ। प्राधिकरणको ६३ अर्ब ७ करोड ३६ लाख बक्यौता रहेको छ। 

images
images

काठमाडौं- नेपाल सरकारले विभिन्न संस्थान तथा समितिमा गरेको ऋण लगानीको साँवा तथा ब्याजको बक्यौता १ खर्ब ८ अर्ब पुगेको छ।

images
images
images

आर्थिक वर्ष २०७८/७९ को अन्तिमसम्मको तथ्यांक अनुसार सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा ६१ अर्ब ७९ करोड ५० लाख र ब्याज ४६ अर्ब २२ करोड ९८ लाखसमेत  १ खर्ब ८ अर्ब २ करोड ४८ लाख राजस्व बक्यौता रहेको छ। 

images
images

अघिल्लो वर्षसम्म यस्तो बक्यौता ९८ अर्ब रुपैयाँ थियो। 

images
images
images

भाखा नाघेको साँवा ब्याज चुक्ता नगर्ने ८० निकायमध्ये सबैभन्दा बढी भाखा नाघेको साँवा ब्याज हुनेमा नेपाल विद्युत प्राधिकरण रहेको छ। प्राधिकरणको ६३ अर्ब ७ करोड ३६ लाख बक्यौता रहेको छ। 

नेपाल खानेपानी संस्थानको  ७ अर्ब ५८ करोड ६३ लाख, काठमाडौं उपत्यका खानेपानी बोर्डको ५ अर्ब ७६ करोड १८ लाख, जनकपुर चुरोट कारखाना  ३ अर्ब ८८ करोड ९० लाख, उदयपुर सिमेन्ट उद्योगको ३ अर्ब ६ करोड ८७ लाख र विराटनगर जुट मिल्सको २ अर्ब ८ करोड ५५ लाखसमेत ८५ अर्ब ४६ करोड ४९ लाख रहेको देखिन्छ।

यी निकायको मात्र भाखा नाघेको साँवा ब्याजको ७९.१२ प्रतिशत रहेको देखिन्छ। बक्यौता रकमको साँवा ब्याजको विवरण अद्यावधिक नगरेकोले वास्तविक बक्यौता र साँवा ब्याज यकिन गर्न सकिने अवस्था छैन।

नियमित सञ्चालनमा रहेका मुनाफा आर्जनसमेत गरेका साना किसान विकास बैंक, कृषि विकास बैंक जस्ता संस्थानले समेत ठूलो रकम साँवा र ब्याज बुझाउन बाँकी देखिएकोले समयमा नै साँवा ब्याज असुल  गर्न महालेखाले औल्याएको छ। 


प्रकाशित : बिहीबार , चैत ३० २०७९१३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend