आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नबिल बैंकको सेयर मूल्य एकैदिन प्रतिकित्ता ३७ रूपैयाँले बढ्यो, कतिसम्म पुग्ला?

images
बुधबार, चैत २९ २०७९
images
नबिल बैंकको सेयर मूल्य एकैदिन प्रतिकित्ता ३७ रूपैयाँले बढ्यो, कतिसम्म पुग्ला?

नबिलको सेयर बुधबार प्रतिकित्ता ३७ रूपैयाँले बढेर ६ सय २९ रूपैयाँमा कारोबार भएको छ। 

images
images

काठमाडौं- लगातार घटिरहेको नबिल बैंकको सेयर मूल्य एकैदिन प्रतिकित्ता ३७ रूपैयाँले बढेको छ। नबिलको सेयर बुधबार प्रतिकित्ता ३७ रूपैयाँले बढेर ६ सय २९ रूपैयाँमा कारोबार भएको छ। 

images
images
images

एकवर्ष अगाडि बढेर ११ सय ४९ रूपैयाँसम्म पुगेको नबिल बैंकको सेयर मूल्य ५ सय ८८ रूपैयाँमा झरेको थियो। बुधबार दोस्रो बजारमा नबिलको ८६ हजार ९७१ कित्ता सेयर कारोबार भएको थियो। बैंकको बुधबार ५ करोड ३३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकको सेयर मूल्य एकवर्षको अवधिमा ४० प्रतिशत घटेको थियो। बैंकको पीई रेसियो २६.२३ गुणा रहेको छ। बुक भ्यालु १ सय ९९ रूपैयाँ रहेको छ। 

images
images

नबिलले लगानीकर्तालाई लगातार आकर्षक लाभांश दिइरहेको छ। गत वर्षको नाफाबाट पनि बैकले ३० प्रतिशत लाभांश वितरण गरिसकेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ रूपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो। 

images
images

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख ६९ हजार रूपैयाँ रहेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको सुधारले नाफा बढेको छ। पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रूपैयाँ पुगेको छ।

बैंकको सञ्चालन नाफा ५६.०७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रूपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २५ रूपैयाँ ३३ पैसा पुगेको छ भन् प्रतिसेयर नेटवर्थ १९९ रूपैयाँ १२ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोढ ४१ लाख ४० हजार रूपैयाँ रहेको छ।

३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रूपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १५ अर्ब ६४ करोड १५ लाख २९ हजार कर्जा लगानी गरेको छ।


प्रकाशित : बुधबार, चैत २९ २०७९११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend