शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टेस्लाको मार्केट भ्यालू प्रतिस्पर्धी ५ कार उत्पादकको भन्दा धेरै 

बिहीबार , कात्तिक ११ २०७८
टेस्लाको मार्केट भ्यालू प्रतिस्पर्धी ५ कार उत्पादकको भन्दा धेरै 

टेस्लाको सेयर मूल्य बढेसँगै बढेको कम्पनीको बजारमूल्य विश्वका पाँच प्रतिस्पर्धी कार उत्पादन टोयोटा मोटर कर्प, फक्सवागन एजी, डिम्लर एजी, फोर्ड मोटर कम्पनी र जनरल मोटर्सभन्दा धेरै भएको छ।

काठमाडौं- एक अमेरिकी रेन्टल कम्पनीले एकैपटक १ लाख कार बुक गरेसँगै टेस्लाको सेयर मूल्यमा उछाल आयो। जसका कारण टेस्ला इंकको बजारमूल्य एक ट्रिलियन (१० खर्ब अमेरिकी डलर) भएको हो। यो मूल्या‌ंकन सोमबारको बजारमूल्यका आधारमा भएको रोयटर्सले लेखेको छ। 

टेस्लाको सेयर मूल्य बढेसँगै बढेको कम्पनीको बजारमूल्य विश्वका पाँच प्रतिस्पर्धी कार उत्पादन टोयोटा मोटर कर्प, फक्सवागन एजी, डिम्लर एजी, फोर्ड मोटर कम्पनी र जनरल मोटर्सभन्दा धेरै भएको छ।

अमेरिकी रेन्टल कार कम्पनीले एकैपटक इतिहासकै धेरै १ लाख वटा विद्युतीय कार अडर गरेको हो। टेस्लाले सो संख्याको कार आगामी वर्षको अन्त्यसम्ममा पूर्ति गर्ने जनाएको छ।

पछिल्लो बजारमूल्य अनुसार विश्वका ठूला विद्युतीय तथा आईसी इन्जिनयुक्त कार निर्माता कम्पनीको भ्यालू

टेस्ला इंक १० खर्ब डलर 

टोयोटा मोटर कर्प २ सय ८४.११ अर्ब डलर 

फक्सवागन एजी १ सय ४५.५० अर्ब डलर 

डिम्लर एजी १ सय ३.५८ अर्ब डलर 

जनर मोटर्स ८३.८५ अर्ब डलर

नियो इंक ६७.६३ अर्ब डलर

बीएमडब्लू ६६.४३ अर्ब डलर

स्टेलेन्टिस एभी ६३.८५ अर्ब डलर 

फोर्ड मोटर कम्पनी ६२.७८ अर्ब डलर

फरारी एनभी ४४.९ अर्ब डलर 

हुन्डाई मोटर कम्पनी ४४.०९ अर्ब डलर 

लुसिड ग्रुप इंक ४३.४६ अर्ब डलर 

सीपिङ इंक ४१.१५ अर्ब डलर   

 


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend