आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सेयर कर्जाको भारित औसत दर १०० प्रतिशत कायम गर्न लगानीकर्ताको माग

पुँजीगत लाभाकर, ब्रोकर कमिसन, डिपी चार्ज समेत घटाइदिन आग्रह ‍

images
सोमबार, चैत २७ २०७९
images
सेयर कर्जाको भारित औसत दर १०० प्रतिशत कायम गर्न लगानीकर्ताको माग

ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्नुपर्ने, डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पुँजीगत लाभकर अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतिशत कायम गर्नुपर्ने लगानीकर्ताको माग छ।

images
images

काठमाडौं- सेयर कर्जाको भारित औसतदर १०० प्रतिशत नै कायम गर्न लगानीकर्ताले माग गरेका छन्। सेयर लगानीकर्ताले ब्रोकर कमिसन, डिपी चार्ज लगायतका शुल्क घटाउनसमेत नेपाल धितोपत्र बोर्डसमक्ष माग गरेका छन्।

images
images
images

सेयर लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै १० बुँदे माग राखेका छन्। ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्नुपर्ने, डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पुँजीगत लाभकर अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग छ।

images
images

दोस्राे बजारमा हुने अस्वभाविक उतारचढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरूलाई छिटो भन्दा छिटो बजार प्रवेशको वातावरण सृजना गर्नुपर्ने,अप्सन ट्रेडिङ, फ्युचर कार्मेट, इन्ट्रा डे र सर्ट सेल को कारोबार गर्ने व्यवस्था तत्काल लागु गर्न पनि आग्रह गरेका गरेका छन्। 

images
images

भौतिक केवाईसीको अन्त्य, ब्रोकर कम्पनीमार्फत सुरु गर्ने भनिएको मार्जिन ल्यान्डिङ व्यवस्था अविलम्ब सुचारु गर्न, सेयर कर्जाको १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न तथा सेयर कर्जाको भारित औसत दर १०० प्रतिशत नै कायम गर्न माग गरिएको छ।

साथै उनीहरुले नयाँ स्टक, नया ब्रोकर र कमोडिटी एक्सचेञ्ज थप्ने प्रक्रिया यथासिघ्र अगाडि बढाउनसमेत आग्रह गरेका छन्।


प्रकाशित : सोमबार, चैत २७ २०७९०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend