शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मर्मत सुविधा निर्वाचन क्षेत्रमा खर्च गर्दै सांसद बजगाईं

सोमबार, चैत २७ २०७९
मर्मत सुविधा निर्वाचन क्षेत्रमा खर्च गर्दै सांसद बजगाईं

घर मर्मतसम्भारबापत प्रत्येक महिना प्राप्त हुने नौ हजार रुपैयाँ आफूले आममतदाताको सेवामा खर्च गरिरहेको सांसद बजगाईंले बताए।

काठमाडौंमा- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मर्मतसम्भारका लागि प्रत्येक महिना पाउने रकम आफ्नो निर्वाचन क्षेत्रको काममा खर्च गर्दै आएका छन्।

सांसदले लिने मर्मतसम्भार खर्चमा विवाद भइरहेका बेला गोरखा १ बाट निर्वाचित सांसद बजगाईंले भने आफ्नै ठाउँको विकासका लागि उक्त रकम खर्च गर्दै आएका हुन्। घर मर्मतसम्भारबापत प्रत्येक महिना प्राप्त हुने नौ हजार रुपैयाँ आफूले आममतदाताको सेवामा खर्च गरिरहेको सांसद बजगाईंले बताए।

‘मैले आफ्नो पारिश्रमिक तथा मासिक घर मर्मतबापत पाउँदै आएको सुविधा विपत्‌मा परेका आफ्नो क्षेत्रभित्रका आममतदाताको सेवामा खर्च गर्दै आएको छु,’ उनले भने।

बजगाईंले सम्पूर्ण पारिश्रमिक, भत्ता तथा आवास सुविधाअन्तर्गतको रकम क्षेत्र नम्बर १ गोरखाका विपत्‌मा परेका नागरिकको उद्धारका लागि खर्च गर्ने घोषणा यसअघि नै गरेका थिए।


प्रकाशित : सोमबार, चैत २७ २०७९०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend