शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

८० प्रतिशत अनुदानमा वितरण गर्न चीनबाट ल्याइएको २२ हजार थान इन्डक्सन चुलो गुणस्तरहीन

सोमबार, चैत २७ २०७९
८० प्रतिशत अनुदानमा वितरण गर्न चीनबाट ल्याइएको २२ हजार थान इन्डक्सन चुलो गुणस्तरहीन

काठमाडौं- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ८० प्रतिशत अनुदानमा वितरणका लागि भन्दै आपूर्तिकर्तासँग २२ हजार थान इन्डक्सन चुलो खरिदका लागि ट‍ेन्डर गरेको थियो। तर कम्पनीले ल्याएको चिनियाँ ब्रान्डको २२ हजार इन्डक्सन चुलो मापदण्डविपरित रहेको तथ्य फेला परेको छ।

अघिल्लो आर्थिक वर्षमा नै ललितपुरको स्थानीय तहका केही वडामा चुलो वितरणका लागि केन्द्रले सबै प्रक्रिया पूरा गरेर टेन्डर गरेको थियो। केन्द्रले ५ सय २० रूपैयाँ उपभोक्ताबाट समेत संकलन गरेको थियो। रकम संकलन गरेको पनि एकवर्षभन्दा बढी भइसकेको छ। माओवादी नेतृ तथा पूर्वऊर्जामन्त्री पम्फा भुसालले २०७९ को मंसिरअगाडि चुलो वितरण गर्न लागेकी थिइन्। तर काम हुन सकेन। 

चुलो आयात गरेर बुझाउने ठेक्का डोलेश्वर महेश जेभीले पाएको थियो। कम्पनीले चुलो ल्याउँदै केन्द्रलाई बुझ्न आग्रह गरेको थियो। केन्द्रले पनि चुलो एक ठाउँमा राख्ने अवस्था नभएपछि वितरण गर्न लागेको वडा कार्यालयहरूमा नै पठायो। तर ठेक्का सम्झौताअनुसार चुलो नआएको विषय उठान भयो। 

केन्द्रले गुणस्तर तथा नापतौल विभागसँगको अनुमतिमा राष्ट्रिय मापदण्ड बनाएको थियो। मापदण्डमा केन्द्रले खरिद गर्ने चुलो न्यूनतम २ हजार वाट विद्युत प्रवाह क्षमता हुनपर्ने उल्लेख गरेको थियो।

यसकारण विद्युतीय चुलोको मापदण्ड जरुरी छ  यसकारण विद्युतीय चुलोको मापदण्ड जरुरी छ 

केन्द्रले त्यसपछि चुलो नाष्टमा चेक गराएको थियो। चेक गर्दा २ हजार वाट लेखेपनि १४ सयदेखि १५ सय वाटभन्दा माथि विद्युत प्रवाह हुन नसक्ने अवस्था फेला परेको थियो। केन्द्रले त्यसपछि उक्त कम्पनीको ठेक्का सम्झौता रद्द गरेर नयाँ ठेक्काबाट अहिले अगेनो प्रालिसँग चुलो लिँदै वितरण गरेको छ।

यो घटनासँगै अहिले नेपालमा बिक्री भइरहेको चिनियाँ इन्डक्सन चुलोको गुणस्तरमा प्रश्न खडा भएको छ। केन्द्रले आफूले खरिद गर्न लागेको चुलोसहित सरकारी संस्थाहरूबाट बिक्री भइरहेको चुलोसमेत परीक्षण गरेको थियो। चुलोमा २ हजार वाट विद्युत प्रवाह भने पनि १४ सयभन्दा माथिको मात्र फेला परेको थियो। सरकारी संस्थाहरूले अहिले पनि गुणस्तरहीन चुलो नै बिक्री गरिरहेका छन् भने बजारमा बिक्री वितरण हुने चुलोको त कुनै परीक्षणबिना नै बिक्री भइरहेको छ।

नेपाली बजारमा गुणस्तर परीक्षण नै नभएका विद्युतीय चुलो, गुणस्तर परीक्षणको मापदण्ड नै छैन नेपाली बजारमा गुणस्तर परीक्षण नै नभएका विद्युतीय चुलो, गुणस्तर परीक्षणको मापदण्ड नै छैन


प्रकाशित : सोमबार, चैत २७ २०७९००:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend