आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

अर्थमन्त्रीको निरन्तर चासोबीच पनि देखिएन सेयर बजारमा सुधार, सोमबार ९२ करोड रूपैयाँको मात्र कारोबार

images
सोमबार, चैत २० २०७९
images
अर्थमन्त्रीको निरन्तर चासोबीच पनि देखिएन सेयर बजारमा सुधार, सोमबार ९२ करोड रूपैयाँको मात्र कारोबार
images
images

काठमाडौं- नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजारबारे निरन्तर चासो व्यक्त गर्दै छलफल र भेटघाट गरिरहँदा बजारले सुधारतर्फको संकेत भने गर्न सकेको छैन। लामो समयदेखि उतारचढावमा रहेको सेयर बजार सरकार विस्तारपछि पनि उही गतिमा देखिएको हो। 

images
images
images

यो साता आइतबार २३.२४ अंकले घटेर १८८५.३१ बिन्दुमा झरेको बजार सोमबार पनि घटेको छ। सोमबार १६.६७ अंकले घटेर बजार १८७१.८८ बिन्दुमा झरेको छ। ३३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९२ करोड २ लाख रूपैयाँको मात्र कारोबार भएको छ। 

images
images

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएको शुक्रबार कांग्रेसबाट अर्थमन्त्रीमा प्रकाशशरण महत नियुक्त भए। अर्थमन्त्रीले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने बताइरहँदा अर्थतन्त्रको अवस्था बुझ्न महत्वपूर्ण क्षेत्रका रुपमा लिइने पुँजी बजार भने सुधारतर्फ बढ्न सक्ने देखिएको छैन। 

images
images

अहिले १९०० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका छन्। 

यस्तोमा अर्थमन्त्री महतलाई भेटेर लगानीकर्ताको समूह पुँजीबजार फोरमले सेयर बजारको विकास र विस्तारका लागि विभिन्न सुझावसमेत दिएको थियो। 

पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारी स्वामित्वको नेप्सेमा स्वदेशी संस्थागत तथा वैदेशिक रणनीतिक साझेदार ल्याउनुपर्ने, निजी क्षेत्रबाट अर्को नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने, संस्थागत लगानीलाई आकर्षण गर्नका लागि संस्थाले सेयर कारोबार गरी प्राप्त गरेको आयमा १५ प्रतिशत आयकर लगाउने व्यवस्था गर्न सुझाव दिएको हो।

गैरआवासीय नेपालीलाई सेयर बजारमा कम्तीमा ३ वर्षको लक इन पिरियडको सर्तमा लगानी खुला गर्नुपर्ने, विदेशी संस्थागत लगानीकर्तालाई समेत सर्तको अधिनमा रही लगानी खुला गर्नुपर्ने सुझावसमेत दिएको छ।  यस्तै लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी दुई भागमा विभाजन गरेर अल्पकालीन लगानीकर्तालाई ५ र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्नसमेत सुझाव दिएको छ।

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको अवस्थामा अर्थमन्त्रीले अब लिने नीतिगत निर्णयले पुँजी बजारलाई पनि प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्। 

महत अर्थमन्त्री भएलगत्तै सेयर बजारमा झनै पहिरो गएपछि लगानीकर्तासँगै नेपाल धितोपत्र बोर्डका पदाधिकारी र नेतृत्वसँग समेत भेटघाट गरेका छन्। उनले धितोपत्र बोर्ड अध्यक्ष रमेश हमाललाई समेत भेटेर छलफल थालेका छन्। छलफलमा सेयर बजारमा समस्या र लगानीकर्ताबीचको समन्वय गर्न र समस्या समाधान गर्न निर्देशन दिएका छन्। 


प्रकाशित : सोमबार, चैत २० २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend