आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ खुल्यो, कति दिने आवेदन?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
images
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ खुल्यो, कति दिने आवेदन?

चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ।

images
images

काठमाडौं- मकर जितुमाया सुरी हाइड्रोपावरले आइतबारदेखि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

images
images
images

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ खुलाएको हो। 

images
images

प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ। योमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात् ८० हजार कित्ता र कर्मचारीहरूका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्टाइएको छ। साथै बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

images
images

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आईपीओका लागि चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन्। 


प्रकाशित : आइतबार, चैत १९ २०७९०६:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend