शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

‘पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लाग्दारहेछन्’ 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १८ २०७९
‘पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लाग्दारहेछन्’ 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा लाग्ने गरेको पाइएको बताएका छन्। 

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा लाग्ने गरेको पाइएको बताएका छन्। 

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा मन्त्री किरातीले काेषका पदाधिकारीहरु जता कमिसन आउँछ, त्यतै लाग्ने गरेको कुरा आफूले थाहा पाएको बताएका हुन्। 

‘विकास कोषका साथीहरू कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने रहेछन्। कर्मचारीहरु सीमित जागिर मात्रै खाने हो भन्ने ठान्ने रहेछन्', उनले भने, 'आज त्यहाँको सबै जनताले भने नि त,’ उनले भने। 

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएको पनि बताए। पर्यटकीय स्थल पशुपति क्षेत्रमा पर्यटक बढाउन सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। 


प्रकाशित : शनिबार, चैत १८ २०७९०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend