सोमबार, पुस २९ गते २०८१    
सोमबार, पुस २९ २०८१
images
images

नयाँ मन्त्रीहरू शपथको तयारीमा, अझै पाँच मन्त्रालय प्रधानमन्त्री दाहालसँगै

images
शुक्रबार, चैत १७ २०७९
images
images
नयाँ मन्त्रीहरू शपथको तयारीमा, अझै पाँच मन्त्रालय प्रधानमन्त्री दाहालसँगै

८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम अझै दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी रहेको छ।

images
images

काठमाडौं- मन्त्रिपरिषद्को विस्तारमा सत्ता साझेदार दलहरूमा सहमति देखिएसँगै नयाँ मन्त्रीहरूले आज शुक्रबार सपथ लिँदै छन्। सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेर मन्त्रीहरू थपघट हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डसँग अझै पाँच मन्त्रालयको जिम्मेवारी रहने देखिएको छ। 

images
images
images

पुस १० गते प्रधानमन्त्री भएका दाहालले अहिले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। तर सरकारले अझै पूर्णता पाउन सकेको छैन। ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम अझै दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी रहेको छ।

images

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन्। डा. प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र सीता गुरुङ सहरी विकासमन्त्री भएका छन्।

images
images
images

जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन्।

एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन्।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ यसअघि भौतिक पूर्वाधारमन्त्री रहेकोमा अब उनले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार साथै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन्।

यस्तै नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्।


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend