आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मन्त्री भागबन्डा नटुंगिँदा सेयर बजारमा असर, विश्वासिलो वातावरण पर्खंदैछन् लगानीकर्ता

images
आइतबार, चैत १२ २०७९
images
मन्त्री भागबन्डा नटुंगिँदा सेयर बजारमा असर, विश्वासिलो वातावरण पर्खंदैछन् लगानीकर्ता
images
images

काठमाडौं- निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सुधार आउन सकेको छैन। अघिल्लो साताझैँ यो साताको पहिलो कारोबारमा पनि सेयर बजारमा सुधार देखिएन। 

images
images
images

आइतबार २६‍.८७ अंकले घटेर बजार १८८८.२७ बिन्दुमा पुगेको छ। १९ कम्पनीको सेयर मूल्य बढेको बजारमा एक अर्ब २८ कराेड ९३ लाख रूपैयाँको कारोबार भएको छ। १९३ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको स्थिर रह्यो।

images
images

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा पुनः उतारचढावले उही बिन्दु वरपर तलमाथि भइरहेको देखिन्छ। अर्थतन्त्रमा सुधार देखिए पनि लगानीकर्तामैत्री अर्थमन्त्री आउने/नआउने विषयमा अलमल हुँदा सेयर बजार बढ्न सकेको छैन।

images
images

नेपाली कांग्रेसले अर्थमन्त्री पाउने निश्चित भए पनि को भन्ने विषय अझै टुंगिएको छैन। राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै पछिल्लाे केही दिनयता कांग्रेसका दुई सा‌ंसद अर्थमन्त्री बन्ने दाैडमा लागेका छन्। पार्टी प्रवक्ता प्रकाश शरण महत, सांसद विनोद चौधरी, डा‍. नारायण खड्का र ज्ञानेन्द्र कार्की अर्थमन्त्री बन्न दाैडधुपमा छन्। 

अर्थतन्त्र सम्हाल्न सक्ने अर्थमन्त्री आए सेयर बजारमा सुधार आउने विश्वासमा लगानीकर्ता छन्। लगानीकर्ता राष्ट्र बैंक र अर्थ मन्त्रालय समन्वय गर्ने खालको अर्थमन्त्रीको पखाईमा हुँदा पर्ख र हेरको अवस्थामा रहेका छन्। सोही कारण बैंकको ब्याजदर घट्ने निश्चित हुँदा समेत सेयर बजार बढ्न सकेको छैन। 

पछिल्लो समय २००० को मनोवैज्ञानिक आधार बिन्दुबाटै बजार ओर्लिएर पुरानै अवस्थामा आइपुगेपछि लगानीकर्ताले बजारमा विश्वास गुमाएका छन्। 


प्रकाशित : आइतबार, चैत १२ २०७९०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend