शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सांसद ढकालको प्रश्न : लगानीकर्ताले अझै कति गुमाउनुपर्ने हो?

आइतबार, चैत १२ २०७९
सांसद ढकालको प्रश्न :  लगानीकर्ताले अझै कति गुमाउनुपर्ने हो?

'लगातार १९ महिनादेखि निरन्तर ओरालो लागेको सेयर बजारबाट लगानीकर्ताले १४ खर्ब गुमाइसकेका छन्। अब कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो', उनले भने, 'लगानीकर्ताले अझै कति खर्ब गुमाउनुपर्ने हो।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले निरन्तर ओरालो लागिरहेको सेयर बजारबारे सरकारको ध्यानाकर्षण गराएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बाेल्दै सांसद ढकालले लगानीकर्ताले खर्बाैँ रकम लगानी गुमाउँदा पनि सरकारले यसतर्फ ध्यान नदिएको बताए। 

'लगातार १९ महिनादेखि निरन्तर ओरालो लागेको सेयर बजारबाट लगानीकर्ताले १४ खर्ब गुमाइसकेका छन्। अब कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो', उनले भने, 'लगानीकर्ताले अझै कति खर्ब गुमाउनुपर्ने हो।

अर्थतन्त्रमा सुधार देखिए पनि लगानीकर्ता मैत्री अर्थमन्त्री आउने नआउने विषयमा अलमलमा हुँदा सेयर बजार बढ्न सकेको छैन। नेपाली कांग्रेसले अर्थमन्त्री पाउने निश्चत भए पनि को भन्ने विषय अझै टुंगिएको छैन।

लगानीकर्ताले राष्ट्र बैंक र अर्थमन्त्रालय समन्वय गर्ने खालमो अर्थमन्त्रीको पखाईमा हुँदा पर्ख र हेरको अवस्थमा रहेका छन्। सोही कारण बैंकको ब्याजदर घट्ने निश्चित हुँदा समेत सेयर बजार बढ्न सकेको छैन। 

प्रकाशित : आइतबार, चैत १२ २०७९०८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend